fbpx

‘लघुबित्त र सहकारीको समस्या समाधान गर्न सरकार उदासिन’:-कमल थापा

author

समाचारपाटी

३ महिना अगाडि

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुबित्त सम्बन्धि समस्याको समाधान गर्न सरकार उदासिन भएको भन्दै तत्काल समस्या समाधानको लागि ध्यान नदिए परिस्थिति बिष्फोटक हुने चेतावनी दिनुभएकाे छ । समस्याको समयमै यथोचित ढङ्गले सम्बोधन गर्न नसके अर्थतन्त्र धराशायी हुने तथा समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै थापाले ३ खम्बे नीति अनुसार काम गर्ने भन्ने सरकारले एउटा खम्बा सहकारी क्षेत्र सड्ढटग्रस्त हुँदा सरकारको ध्यान र समस्या समाधानमा उच्च प्राथमिकतामा नपर्दा अबस्था जटिल भएको थापाको धारणा थियो ।

सहकारी र लघुबित्तका कारण अहिले हरेक नेपाली जनताको घर घरमा समस्या उत्पन्न भएको चर्चा गर्दै थापाले ७३ लाख परिवारसङ्ग जोडिएको बिषयलाई सरकारले हलुका रुपमा लिएकोमा आपत्ती समेत प्रकट गर्नुभयाे । सहकारी संचालक, बचतकर्ता र ऋणिहरु कसैलाई पनि अन्याय नहुने गरि सरकारले समस्या समाधानका लागि भएका सहमतिहरुको कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै थापाले सड्ढटग्रस्त सहकारी पहिचान गरि राष्ट्रियकरण गर्न समेत पछि पर्न नहुने तर समस्याको समाधान अनिवार्य रुपमा हुनुपर्ने आवश्यकता औल्याउनुभयाे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेबी मल्लले समस्या समाधानमा महासंघ सकारात्मक भुमिका खेल्न तयार भएको तर सरकारको प्राथमिकतामा यो बिषय नपरेकोमा चिन्ता ब्यक्त गर्नुभयाे । कार्यक्रममा पुर्ब सचिब एबं बिज्ञ गोपि मैनालिले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा सहकारी संचालक , सहकारीकर्मी , पिडित पक्षहरुले समस्या र समाधानको उपाएका बिषयमा आफ्नो आफ्नो धारणा राख्नुभएकाे थियाे । राप्रपा नेपालको सहकारी बिभागले कार्यक्रम गरेको तथा कार्यक्रमको निष्कर्ष सहित सरकारलाई ज्ञापनपत्र बुझाईने बिभागका प्रमुख राजकुमार खड्काले जानकारी दिनुभयाे ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२५.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’