fbpx

तीन तहकै सरकारलाई प्रभावकारी बनाउन ध्यान दिइएनः मन्त्री भानुभक्त जोशी

author

समाचारपाटी

२ हप्ता अगाडि

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघ, प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउने कुरामा सरकारको ध्यान नपुगेको बताउनुभएको छ ।


शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले आवश्यक ध्यान दिन नसक्दा प्रदेश सरकार किन चाहियो, खारेजी गर्नुपर्छ भन्नेसम्मका प्रश्नहरु उठिरहेको बताउनु भयो । उहाँले प्रदेश सरकार र ७५३ वटै स्थानीय सरकारलाई कामकारबाहीको प्रभावकारी बनाउने कुरामा संघ सरकारले प्रभावकारी भुमिका खेल्न नसकेको बताउनु भयो । उहाँले मन्त्रालयका कामकारबाहीलाई व्यवस्थित बनाउने कुरामा पनि कमजोरी रहेको बताउनु भयो । उहाँले आफूले चाहेअनुसार मन्त्रालयको काम कारबाही अघि बढाउन नसकेको बताउनु भयो । उहाँले आफ्नो मन्त्रालयले संघीय मामिला र सामान्य प्रशासन सम्बन्धी दुई वटा विषय हेर्नुपर्दा संघीय मामिलाका विषयहरु ओझेलमा पर्ने गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मन्त्रालयले खासगरी दुई वटा क्षेत्र हेर्छ । एउटा संघीय मामिला र सामान्य प्रशासन (कर्मचारीको व्यवस्थापन) । जुन स्पिडका साथ जाउँला भन्ने सोचिन्थ्यो, त्यो कुरामा भनेको जति गणित उपलब्धि हुँदो रहेनछ । अहिले हेर्दा संघीयताका मामिलामा मन्त्रालयले दुई क्षेत्र हेर्छ । संघीय मामिलाका सबै कामहरु ओझेलमा पर्दा रहेछन् । संघीय मामिला मन्त्रालय, केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारबीचको जसरी सुशासनको व्यवस्था गर्नुपर्ने हो, हामीले जसरी त्यसको व्यवस्थापन गर्नुपर्ने हो । यो मन्त्रालयले । तलतल हामीप्रति धेरै असन्तुष्टि छ । असन्तुष्टि यति धेरै छ की, कहिले कहीँ त यो प्रदेश सरकार किन चाहियो, खारेजी गर्नुपर्छ भन्नेसम्मका कुरा छन् । प्रदेश सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा जुन भुमिका खेल्नुपर्ने थियो, ७५३ वटै स्थानीय सरकारलाई कामकारबाहीको प्रभावकारी बनाउनुपर्ने थियो, यहीँ पनि मन्त्रालयका कामकारबाही जसरी व्यवस्थित बन्न्नुपर्ने थियो, त्यो कुरामा हामी अहिले पनि कमजोरी रहेको महशुस गरिरहेका छौँ । अफ्ठ्यारो छ धेरै ठाउँमा ।’


मन्त्री जोशीले संघीय निजामति सेवा ऐन देशव्यापी रुपमा सुशासन कायम गर्न विधेयक चाँडो भन्दा चाँडो पास गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । कर्मचारीका समस्या कानूनतः समाधान गर्नसक्ने अवस्था नरहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...