fbpx

पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछः अर्थमन्त्री वर्षमान पुन

author

समाचारपाटी

२ हप्ता अगाडि

अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पर्यटन,आइटी,जलविद्युत, खानिजन्य उत्पादन सिमेन्ट र कृषि क्षेत्रलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्नेगरी बजेट निर्माण गरिने बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा पूर्वबजेट सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन,आइटी,जलविद्युत,खानिजन्य उत्पादनका सिमेन्ट उद्योग र कृषि प्रतिष्पर्धी क्षेत्र भएकाले सरकारको प्राथमिकता रहेको बताउनु भयो । मन्त्री पुनले आयात प्रतिस्थापन गर्ने क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी प्राथमिकतामा राखेर बजेट ल्याउनमा जोड दिने प्रतिवद्धता जनाउनु भयो । उहाँले सरकारले शिक्षा र स्वास्थलाई पनि प्राथमिकता दिनेमा जोड दिनुभयो । उहाँले शिक्षा स्वास्थ्य क्षेत्रको बजेट १० प्रतिशतसम्म खर्च गर्नेगरी नीतिगत सुधार गर्न सुझाव आएको भन्दै त्यसमा सरकारको ध्यान गएको बताउनु भयो । मन्त्री पुनले रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्नसक्ने आइटी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउने बताउनु भयो । उहाँले कृषिमा भएको बजार र खपत भएका वस्तुहरुलाई प्रतिस्थापन गर्ने योजना सरकारको रहेको सुनाउनु भयो । उहाँले निर्वाहमुखी कृषि भएकाले ३ खर्ब बढी वार्षिक रुपमा कृषि बस्तुहरु आयात गरिरहेको भन्दै कृषिमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले त्यसको लागि कृषि क्षेत्रमा नीतिगत रुपले उत्पादनमा सहुलियत दिएर बजार र उद्योगसँग जोडी आधुनिकरण गर्ने योजना रहेको बताउनु भयो । उहाँले किसानको बजारको ग्यारेन्टी गर्नेगरी निजी क्षेत्र,किसान र सरकारको सहकार्यमा कृषिलाई प्रवद्र्धन गर्ने बताउनु भयो । उहाँले सबै काम सरकारले गर्ने भन्दा पनि निजी क्षेत्रलाई नीनिगत रुपमा सहजिकरण गर्ने नीति सरकारको रहेको स्पष्ट पार्नुभयो । 
फरक प्रसंगमा बोल्दै मन्त्री पुनले कानूनले महालेखापरीक्षकको कार्यालयले बेरुजु फछ्र्यौट गर्ने गरेको भनेपनि अहिले अर्को निकायले गर्नुपर्ने लेखा समितिको निर्देशनका आएको भन्दै कसले गर्ने ? भन्ने अधिकारमा समस्याका कारण रोकिएको बताउनु भयो । उहाँले बेरुजु फछ्र्यौट गर्नसक्ने लेखा समितिसँग त्यो स्तरको जनशक्ति नभएकाले समस्या हल गर्न नसकिएकाले पछिल्लो समय बेरुजु बढी देखिएको बताउनु भयो । उहाँले स्थानीय निकायहरुमा बेरुजु फछ्र्यौट गर्ने निकाय नै बनाउन नसक्दा पनि बेरुजु बढेको दाबी गर्नुभयो । उहाँले बेरुजु बढे पनि सरकार सुशासनतर्फ उन्मुख भएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो,‘रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्नसक्ने आइटी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने सरकारको धारणा छ । कृषिमा भएको बजार र खपत भएका वस्तुहरुलाई प्रतिस्थापन गर्ने योजना छ । अहिले निर्वाहमुखी कृषि गरिरहेका छौं । ३ खर्ब बढी वार्षिक रुपमा कृषि बस्तुहरु आयात गरिरहेका छौं । कृषिमा आत्मनिर्भर बन्नुछ । अर्कोतिर आयात प्रतिस्थापन गर्नको लागि पनि कृषि क्षेत्रमा नीतिगत रुपले उत्पादनमा सहुलियत दिनुपर्ने देखिएको छ । कृषिलाई निर्वाहमुखी भन्दा बजार र उद्योगसँग जोड्ने आधुनिकरण गर्न सकिने गरी काम गर्ने तयारीमा छौं । कृषिमा निजी क्षेत्रलाई ल्याउने र किसानको बजारको ग्यारेन्टी गर्ने गरी निजी क्षेत्र,किसान र सरकारको सहकार्यमा कृषिलाई प्रवद्र्धन गर्नेछौं । यो क्षेत्रमा सबै सरकारले गर्न सक्दैन तर नीतिगत रुपमा सहजिकरण गर्ने हो । प्रतिस्पर्धी क्षेत्र पर्यटन,आइटी,जलविद्युत,खानिजन्य उत्पादनका सिमेन्ट उद्योग र कृषि सरकारको प्राथमिकतामा छ । आगामी बजेट मार्फत प्रवद्र्धन गर्नेगरी प्राथमिकतामा राखेर बजेट ल्याउने जोड हुन्छ । शिक्षा र स्वास्थमा पनि जोड दिन्छौं । १० प्रतिशतसम्म खर्च गर्न सुझाव आएको छ । त्यसमा सरकाराको ध्यान दिनेछौं । बजेट बेरुजुको विषयमा पछिल्लो कानूनले महालेखापरीक्षकको कार्यालयले बेरुजु फछ्र्यौट गर्ने गरेकोमा अहिले अर्को निकायले गर्नुपर्छ भनेर लेखा समितिले भनेको छ । त्यसमा अहिले अधिकारमा समस्या भएर रोकिएको छ । लेखा समितिसँग त्यो लेभलको जनशक्ति पनि नभएकाले समस्या हल गर्न नसक्दा पछिल्लो समय बेरुजु बढी देखिएको छ । स्थानीय निकायहरुमा बेरुजु फछ्र्यौट गर्ने निकाय नै बनाउन नसक्दा पनि बेरुजु बढेको छ । विगत भन्दा सरकार कुशासन नभएर सुशासनतर्फ उन्मुख भएको छ । त्यो सरकारले भनेको भन्दा पनि तथ्याङ्कले देखाएको छ । 


उहाँले माघ महिनामा नै बजेटको सिलिङ १८ खर्ब तोकिएकाले त्यही अनुसार मन्त्रालयगत सिलिङका आधारमा बजेट आउने बताउनु भयो । उहाँले छलफल भन्दा अगाडि बजेटको सिलिङ तोकिएकाले सिलिङ भन्दा बाहिर जान नसकिने बताउनु भयो । मन्त्री पुनले बजेटला वस्तुगत र सहभागितामुलुक बनाउने प्रयासमा सबै सरोकारवाला निकायहरुसँग छलफल गरिरहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री पुनले बजेटमा स्रोतमा संकुचन रहेकाले मन्त्रालयगत रुपमा बजेट वृद्धि गर्न माग भएपनि सक्ने अवस्था नभएको बताउनु भयो । राष्ट्रिय तथ्याङ्क कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने बताउनु भयो । उहाँले विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३ र एशियाली विकास बैंकले ३.६ भनेको भएपनि त्यो भन्दा अझ राम्रो हुने संकेत रहेको उल्लेख गर्नुभयो । उहाँले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखापरेको र अझै ३ महिना आर्थिक गतिविधि हुन बाँकी रहेकाले राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण भन्दा वृद्धि हुने जिकिर गर्नुभयो । अर्थमन्त्री पुनले आन्तरिक र वाह्य कारणले अर्थतन्त्र शिथिल भएपनि पछिल्लो समय शिथिलताबाट बाहिर आउन थालेको बताउनु भयो । आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...