fbpx

रोज ब्युटी एकेडेमीका २२ औं वार्षिकउत्सब :- विभिन्न ब्यक्ति सम्मानित तथा दिक्षित

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । रोज ब्युटी एकडेमी तथा रोज स्किल डेभलपमेन्ट सेन्टरको २२ औं स्थापना दिवस काठमाडौंमा सम्मान तथा दिक्षान्त सहित विभिन्न कार्यक्रम आयोजना गर्दै मनाईएको छ ।

काठमाडौंको रविभवनमा रहेको यो एकेडेमीको २२ औं वार्षिक उत्सबको बागमती प्रदेशका साँसद बिन्दु श्रेष्ठ, सिटिईभिटीका सदस्य सचिब जीव नारायण काफ्ले, लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणीश्री रत्न बज्राचार्यलगायतले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभयाे ।

भव्य रुपमा आयोजना भएको सो २२ औं वार्षिक उत्सब समारोहमा विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएकाे छ । आ आफ्नो क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितले कार्यक्रममा जानकारी गराउनुभयाे ।

कार्यक्रममा बरिष्ट साहित्यकार दुर्गा किरण तिवारी, अभिनेत्री सँचिता लुईटेल, अग्रज गायिका मञ्जु पौडेल, समाजसेवी गणेश शाही, समाजसेवी सृजना नेवा, समाजसेवी इश्वरी खत्री, सौन्दर्यकर्मी सकुन्तला अवाले, समाजसेवी तथा लायन सञ्जय अधिकारी, समाजसेवी तथा व्यबसायी मिलन दाहाललगायत सम्मानित हुनुभयाे ।

रोज ब्युटी एकेडेमीबाट सिटिईभिटीमा ब्युटिसियन कोर्षमा लेवल वान र लेवल टु (डिप्लोमा) गरेका ६० जना ब्युटिसियनहरुलाई कार्यक्रममा टोपी लगाएर प्रमाणपत्र प्रदान गर्दै दिक्षित गरियो । यस्तै रोज ब्युटी एकेडेमीबाट ब्युटिसियन कोर्षमा डिप्लोमा गरेका ६८ जनालाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएकाे हाे ।

रोज व्युटी एकेडेमीकी अध्यक्ष एवम् बरिष्ट सौन्दयकर्मी सोनी कारँजितले आफुहरुले २२ वर्ष अघिबाट रोज ब्युटी एकेडेमी सुरु गरेको र हालसम्म १२ हजार ब्युटिसियनलाई ब्युटिसियन सम्बन्धि प्रशिक्षण दिएर आत्मनिर्भर बनाएको बताउनुभयाे । बिगतमा रोज ब्युटी पार्लरको रुपमा परिचित आफ्नो सँस्था यसैवर्षबाट रोज ब्युटी एकेडेमीमा परिणत भएको पनि उहाँले जानकारी गराउनुभयाे ।

यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेशकी साँसद बिन्दु श्रेष्ठले नेपालमा महिलाहरुलाई व्युटीसम्बन्धि पेशा सिकाई रोजगारी दिएर आर्थिक रुपमा सक्षम बनाउन रोज ब्युटी एकेडेमीको ठुलो योगदान रहेको बताउनुभयाे । एकेडेमीले निकै राम्रो काम गरेको भन्दै आगामी दिनमा आफुले पनि एकेडेमीको लागि सहयोग गर्ने उहाँले जनाउनुभयाे । सिटिईभिटीका सदस्य सचिब जीव नारायण काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै रोज ब्युटी एकेडेमी अब्बल रहेको र यसले ब्युटी क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै २२ औं वार्षित उत्सबको शुभकामना प्रकाट गर्नुभयाे ।

लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणीश्री रत्न बज्राचार्यलगायतले लायन क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएकी सोनी कारँजितले नेपाली ब्युटिसियन क्षेत्रमा एउटा फरक इतिहास बनाएको बताउनुभयाे । दिक्षित ब्युटिसियनहरुलाई सर्टिफिकेट प्रदान गर्नुभएकाे थियाे ।

कार्यक्रममा रोजका विधार्थीहरुले विभिन्न नाचगान तथा फेशन शो प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जन प्रधान तुल्याए । कार्यक्रममा केक काटेर रोज ब्युटी एकेडेमीका अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारँजितको जन्म दिन माउँदै सो वार्षिक उत्सब समारोहसमापन गरिएको थियो ।

बरिष्ट सौन्दर्यकर्मी राज्यश्री श्रेष्ठ, सिटिईभिटीका निर्देशक टैलेन्द्र आचार्य, लायन्स क्लब डिस्ट्रिक २२५ एलका भाईस गर्भनर सुमन भट्ट, एफ डब्लु कोअर्डिनेटर रेश्मा श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघकी बरिष्ट उपाध्यक्ष रेजिना उप्रेती, अभिनेता यसराज गराच, अभिनेता दिक्पाल कार्की, गायक आशिष सचिन गौतम, लायन्स क्लब अफ काठमाडौं अभियानका अध्यक्ष सुन्दर थापा, बरिष्ट सञ्चारकर्मी डब्बु क्षत्री, बरिष्ट सञ्चारकर्मी एवम कोरियोग्राफर जयन सुब्बा मानन्धरसहित विभिन्न अग्रज ब्युटिसियनहरुले कार्यक्रममा कार्यक्रमलाई बिष्णुमाया पौडेलले सञ्चालन गर्नुभएकाे थियाे ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.०३°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक