पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा माघे संक्रान्ति मेला हुँदै

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा ६६ औं माघे संक्रान्ति मेला हुने भएको छ । रिंजे नासाले परिचित गाउँमा नौधारे सिद्ध बराह युवा क्लबको आयोजनामा पुस २८ गतेदेखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष शम्शेर गुरुङले जानकारी दिनुभयाे । मेलामा भलिबलसहित अन्य खेल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयाे ।

रिंजे नासामा गाउँमा २०१३ सालदेखि माघे संक्रान्ति मेला आयोजना गरिएकाले यसको निरन्तरता दिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयाे । ‘२०१३ सालदेखि नै यहाँ माघे संक्रान्तिको दिन नौ धारामा स्नान गरी तरुल र मासको टिका लगाई आर्शिवाद लिने साथै कन्यहरुलाई सोहि टिका लगाई आर्शिवाद दिने चलनको थियो,’ उहाँले भन्नुभयाे, ‘त्यसपछि ठेलो मात्र हानिन्थ्यो भने केही वर्षदेखि हामीले केही परिमार्जन गरेर मेला आयोजना गरिरहेका छौं ।’

साविक अर्मला गाविस ५ हाल पोखरा १६ स्थित यस रञ्जित गाउँ महेन्द्र गुफाबाट करिब ५ किलो मिटरको दुरीमा छ । पहिले गाउँमा ४० घरधुरी रहेकोमा आधुनिकतासँगै बसाईसराईले गर्दा गाउँ रित्तो हुन थालेपछि गाउँमा अध्यक्ष गुरुङको पहलमा विभिन्न कार्यक्रम गरिंदै आएको छ । त्यही अनुरुप गाउँको मेलालाई आधुनिकतासँगै परिमार्जित गरि गाउँ चिनाउन लागिपरेको उहाँले जानकारी दिनुभयाे ।

बसाईसराई रोकी युवा जनशक्तिलाई गाउँमै रोजगार दिलाउने उदेश्यले केही कृषि फर्महरु दर्ता गरी हामे स्टे समेत सञ्चालन गरी आईरहेको उहाँले बताउनुभयाे । गाउँ नजिकै रहेका नौ धारे सिद्ध बराह मन्दिरमा टाढा टाढाबाट पनि भक्तजनहरु जाने भएको हुँदा दर्शनाथीहरुको भिड लाग्ने उहाँको भनाई थियो । रञ्जित गाउँदेखि उत्तर तिर पर्ने मुलकोट भुमी पाँक डाँडा, नागी डाँडा जस्ता सुन्दर ठाउँमा रमाउन सकिने क्लबको उपाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिनुभयाे । यहाँको प्राकृतिक सुन्दरतासँगै नौ धारे सिद्ध बराह मन्दिरलाई धर्मिक पर्यटकीय स्थलका रुपमा विकास निर्माण गर्न मेलाले सहयोग पुग्ने उपाध्यक्ष तामाङले बताउनुभयाे ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन