उम्मेदवारको डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ ।
आज बुधवार बाट लागू हुनेगरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो । लोकसेवा आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताउनु भयो ।

उहाँले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेकाहरुले मात्रै दरखास्त भर्न पाउने र उनीहरुले दस्तुर शुल्क तिर्नु नपर्ने बताउनु भयो । उहाँले यस पटक पनि ८० हजार भन्दा धेरैले दरखास्त भर्ने अनुमान गरेको बताउनु भयो ।

उहाँले पहिला दरखास्त भरिसकेकाहरुको डाटा संकलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको उल्लेख गर्नुभयो । प्रवक्ता सुवेदीले आयोगले शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने र अन्य पदको परीक्षा भने साउन महिनादेखि मंसिरसम्म सक्नेगरी तयारी गरिरहेको पनि बताउनु भयो । उहाँले पुनः दरखास्त दिँदा पहिला जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने बताउनु भयो ।

उहाँका अनुसार पुनः दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरु अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रवन्ध मिलाइएको छ ।


उहाँले भन्नुभयो, ‘हामीले ३० दिनको समय दिएर दरखास्त आह्वान गरेका छौँ । यो नयाँ दरखास्त होइन, पहिला भरिसकेको उम्मेदवारको डाटाका लागि मात्रै खुलाएको हो, यसलाई नयाँ रुपमा नबुझ्न अनुरोध छ । जुन उम्मेदवारले पहिला नै डाटा भर्नुभएको थियो, त्यो उम्मेदवारले विवरण भरिसकेपछि हामीले अब फेरि भर्ना परीक्षा सेड्युल निकालेका छौँ, त्यो अनुसार परीक्षा कार्यक्रम अघि बढ्छ । पहिला ८० हजार भन्दा धेरैले दरखास्त पेस गरेको भन्ने थियो, यी तीन महिनामा ।

८० हजार भन्दा धेरैले नै दरखास्त भर्नुहुन्छ होला । १५ हजारले पूरै डाटा भर्नुपर्ने हुन्छ । जसले पहिला दरखास्त भरिसक्नुभएको थियो, उहाँहरुले मात्रै भर्न पाउने हो, नयाँले होइन । डाटा स्टोरेज गर्ने प्रयोजनका लागि पहिला भरिसकेको मान्छेलाई रिएप्लाई गर्न भनेका हौँ । शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने भनेका छौँ ।

अरु साउनदेखि शुरु हुन्छ । लोकसेवा आयोगले विगत ८-१० वर्षदेखि उम्मेलवारको सम्पूर्ण विवरण अनलाइन सिस्टमबाट लिने र आवश्यक विवरण त्यही रुपमा प्रयोग गर्ने गरेका थियौँ । २०७९ को असोजदेखि चैत्र मसान्तसम्म विभिन्न पदको विज्ञापन गर्छौं, दरखास्त आह्वानको प्रक्रिया हाम्रो लाइभ हुन्छ ।

यसै क्रममा २०७९ मंसिर, पुस, माघमा गरेको विज्ञापनको दरखास्त आह्वान गरेका थियौँ । फागुन २३ बाट सिस्टममा डाटा नदेखिएपछि सबै डाटाहरु स्टोरेज गरेको ठाउँमा समस्या आयो र समाधान गर्ने कोशिस गर्दा फर्किएन त्यसपछि पहिला दरखास्त दिएको उम्मेदवारहरुको पुनः दरखास्त आह्वान गरेका छौँ ।’

लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर ९जीआईडीसी० बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त मागेको हो ।
नोटः यो समाचार हामीले बाइट लिएर बनाएका हाँै । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ ।


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन