बाइबल कलेजका कर्मचारीमाथि निर्मम कुटपीट, र्बोडका अध्यक्ष मंगलमान भने विदेश भम्रणमा मस्त

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । ललितपुरको सुनाकोठीमा रहेको नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि र्बोड सदस्यबाट कुटपीट भएको छ ।

सन् १९९५मा विद्यार्थीको रुपमा प्रवेश र २०१६ बाट भने मिशन कोरडिनेटर र अहिले लाइबे्ररी डिपार्टमेन्ट कार्यरत सोम लामालाई बाइबल कलेजको ६ रोपनी ३ आना जग्गाको विषय र आर्थिक अपचलनको विवाद बाहिर आउने डरले कलेजका र्बोड सदस्य राजेश जोशीको नेतृत्वमा प्रिन्सिपल भारतीय नागरिक प्रकाश लामा र उनकै दाजु पुर्ण लामाको समुहले असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कलेज हाताभित्र ४र५ जनाको समूहले कुटपीट गरेका हुन् ।

कुटपीटबाट उनको शरीरमा निलडाम र हात खुट्टा सुन्निएको छ भने उनी हाल सिकिस्त अवस्थामा घरमै उपचाररत छन् ।
कुटपीट गर्ने राजेश जोशी कलेजका र्बोड सदस्य र सोही कलेजमा संचालन भएको होप चर्चका डिकन हुन् भने भारतीय व्यक्ति प्रकाश लामा प्रिन्सिपल छन् । भारतीय ज्यादती रहेको यस बाइबल कलेजको अध्यक्ष भने ख्रीष्टियन समुदायका चिरपरिचित व्यक्ति क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर तथा नेपाल ख्रीष्टियन समाजका सहअध्यक्ष पास्टर मंगलमान महर्जन हुन् ।

प्रहरीका अनुसार बाइबल कलेजको जग्गा विवादमा संलग्नता रहेको आशंकामा सोधपुछ गर्ने वहानामा सोम लामालाई कुटपिट गरी सख्त घाइते बनाएको जानकारी दिएको छ ।

राजेश जोशीको समुहको कुटपीटबाट हाल उनी सिकिस्त छन् । चियाको वहाना बनाई कलेजको कोठामा थुनेर उनीहरूले अश्लील शब्दसहित गाली गर्दै लाठीले टाउकामा र खुट्टामा प्रहार गरेको प्रहरीले जनाएको छ । राजेश जोशीसहितको समुहलाई आइतबार सार्वजनिक अपराधमा मुद्दा दायर गरेको जावलाखेल प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरिक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।


४७ वर्षिया सोम लामाले भने, ‘चिया खान जाऔँ भनेर राजेश जोशी जीले भन्नुभयो र म कोठा भित्र गए, बाइबल कलेजको जग्गामा तपाईको भुमिका के हो भन्दै मलाई गाली गर्नुभयो, मैले आफनो कुरा राख्न खोज्दै थिए, एक्कासी मलाई राजेश र उनको समुहले सुनियोजित रुपमा ज्यान लिने तरिकाले लाठी तथा हतियारको प्रयोग गरी अन्धाधुन्ध हातपात गरे र म अर्धचेत भए, धेरै हारगुहार गरे तर कोही मलाई बचाउन आएनन्,’ पीडित लामाका अनुसार र्बोड सदस्य राजेश जोशी, सविना थापा र प्रिन्सिपल प्रकाश लामा र उनका भाई पूर्ण लामाले उनलाई पटकपटक ज्यान मार्ने धम्की दिएका छन् भने उनीहरुले सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई समेत प्रयोग गरेर केही महिनाअघि सांघातिक आक्रमण पनि गरेको उनले बताए ।
घटनाका बारेमा कलेजका अध्यक्ष मंगलमान महर्जनलाई बुझदा उनले आफूलाई यस विषयमा केही थाहा नभएको भनेर नाटकिय शैलीमा पन्छिन खोजे । उनले घटनाको निष्पक्ष छानवीन गरेर दोषीलाई आवश्यक कारवाही गर्ने आश्वासन दिएको केही दिन बित्न नपाउँदै हाल उनी इन्डोनेसिया भ्रमणमा छन् ।


इभान्जेलिकल ख्रीष्टियन एलायन्स अफ नपालका संस्थापक अध्यक्ष साइमन पीटरले सो घटनाको दुःख व्यक्त गर्दै उक्त घटना कुनै पनि हालतमा ख्रीष्टियन चरित्र नभएकोले समग्र ख्रीष्टियन समुदायमा यस घटनाबाट लज्जित र चिन्तित् बनाएको र समाजसँगको सम्बन्धमा पनि नकरात्मक असर पारेको बताउनुभयो ।

पीडित सोम लामाले कुटपिट गर्नेहरु विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइदिन जावलाखेल प्रहरी समक्ष आग्रह गरेको छ । पीडितको उजुरी अनुसार नै पीडित र पीडकलाई छलफलमा बोलाएर आवश्यक सोधपुछ गर्ने र मिलापत्र हुन नसकेमा सार्वजनिक अपराधमा मुद्दा दायरको तयारी गरिरहेको छ ।

कानुन नहुँदा धार्मिक प्रयोजनको लागि खरिद गरेको जग्गामा व्यक्तिको रजाँई
नेपालमा इसाईहरुमा ईश्वरशास्त्रीय अध्ययनमा सहयोग गर्ने उदेश्यले सन् १९८६ मा कोरियन प्रेसबेटरियन चर्चका रुपमा साउथ कोरियाकोतर्फबाट नेपालमा पहिलो मिशनरीका रुपमा आउनुभएका डा। संग हो ली ले ललितपुरको सुनाकोठीमा नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीको स्थापना गरेका थिए ।

डा। लीले तत्कालिन अवस्थामा बाइबल कलेजको प्रयोजनका लागि भन्दै ६ रोपनी ३ आना जग्गा खरिद गर्ने निर्णय गरे र त्यसबेला लीले कभनेन्ट ख्रीष्टियन फेलोशिप, ढोलाहिटीका पास्टर साइमन पीटरको एकल नाममा सो जग्गा खरिद गर्ने बताए र उनले सो जग्गाको सिमाकंन पनि गरे तर तत्कालिन नेपाल राष्ट्रिय मण्डली संगति एनसीएफका अध्यक्ष एडोन रोगोंग र मंगलमान महर्जनको मिलेमतोमा सो जग्गा आफनो नाममा बनाउनको लागि ठूला षड्यन्त्र गरेको स्रोतको दाबी छ । पछि सोही जग्गालाई लिएर आफूलाई मंगलमान महर्जन र रेडोन रोङोगको समुहले ज्यान मार्ने धम्की समेत दिएको पास्टर साइमन पीटरको आरोप लगाए । हाल जग्गाको भाउ आकाशिँदो रहेकोले सो आर्थिक लोभले सो जग्गा खरिदबिक्री प्रकरणले चर्चा पाएको हुनसक्ने साइमन पिटरले बताए । बाइबल कलेजको भनिएको ६ रोपनी ३ आना जग्गाको धनी पास्टर मंगलमान महर्जन, राधेश्याम श्रेष्ठ र मुकुन्द कुमार खड्का हुन । तर जग्गाका एक धनी मुकुन्द कुमार खड्काको नशा सम्बन्धी रोगका कारण मृत्य भएपश्चात उनका छोराले जग्गाको हकदावी गरी मुद्धामामीलाबाट २ रोपनी ३ आना जग्गा लगिसकेको बताइएको छ ।


यी त एक प्रतिनिधि उदाहरणहरुमात्र हुन्, उचित कानुन नहुँदा धार्मिक समुदायले प्रयोग गर्दै आइरहेको जग्गा जमिन र सम्पत्तिमा व्यक्तिको रजाँई रहेको छ । यसरी ख्रीष्टियन लगायतका धार्मिक समुदायमा धेरै वर्षदेखि धार्मिक समुदायले प्रयोजन गर्दै आएको जग्गाबारे राज्यले बेखबर भईदिँदा र उचित कानुन नबनाउँदा अहिले यस्ता धेरै विवाद र समस्या आउने गरेको पाइएको छ । धार्मिक समुदायमा विकृति मौलाउँदै गएको यो उदाहरण मात्र हो ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२४.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...