fbpx

प्रदेश नम्बर १ को नाम ‘कोशी’ राख्न प्रस्ताव

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । प्रदेश नम्बर १ को नाम ‘कोशी’ राख्न प्रस्ताव गरिएको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक तथा कांग्रेसका भूमिप्रसाद राजवंशी र निरन राई समर्थक रहेको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो ।

प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिउँसो १ बजेसम्मका लागि नामाकरण प्रस्ताव सचिवालयमा दर्ता गराउन प्रदेश सांसदलाई समय दिनुभएको थियो । पहिलो प्रदेशसभाले थाति राखेर गएको प्रदेश १ को नामकरण आज बुधबार बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने कार्यसूची सार्वजनिक गरिएको छ ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा नामाकरण प्रस्ताव पेश भएको हो । यसअघि नाम जातीय पहिचानका आधारमा राख्ने की नदी, भूगोलका आधारमा राख्ने भन्ने विषयमा दलहरू विभाजित थिए । अहिले पनि केही दल कोशी नाममा सहमत छैनन् ।

प्रदेश १ को पहिलो संसद्ले स्थायी राजधानी विराटनगर टुंगो लगाएको भए पनि नामाकरण हुन सकेको थिएन । ७ वटा प्रदेशमध्ये यसअघि ६ वटा प्रदेशले आफ्नो पहिलो कार्यकालमै नाम टुङ्गो लगाइसकेका छन् ।

नेपालको संविधानमा प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जना सांसद छन् । जसमध्ये नामकरणको टुंगो लगाउन दुई तिहाइ ६३ जना सांसद चाहिन्छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन