fbpx

स्थापना दिवसकाे अवसरमा प्रेस चौतारीले बाँड्यो स्टेशनरी सामाग्री

author

समाचारपाटी

१ year अगाडि

पोखरा । प्रगतिशील पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले २५ औं स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरी मनाएको छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटि र कास्की शाखाले पनि संयुक्त रुपमा बालगृहमा आश्रित बालबालिकालाई स्टेशनरी सामाग्री वितरण गरी स्थापना दिवस मनाएको छ ।

केन्द्रीय कमिटीले रचनात्मक काम गरेर दिवस मनाउन निर्देश गरे अनुसार आइतबार पोखरा–१७ महतगौंडास्थित सृजना बालगृहमा संरक्षित १२ जना बालबालिकालाई १३ हजार मूल्य बराबरको स्टेशनरी सामाग्री वितरण गरेका हुन् । विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न प्रकारका कापी, कलम, सिसाकलम, रङ, ज्यामितिय बाकससहितका पाठ्यसामाग्री वितरण गरिएको हो ।

प्रमुख अतिथि प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष प्रेस स्वतन्त्रता सेनानि पुण्य पौडेलले चौतारीका सदस्यले आफ्नो स्थापना दिवसका अवसरमा बालगृहमा संरक्षित बालबालिकालाई शिक्षामा सहयोग पुग्ने गरी गरेको कार्य महान रहेको बताउनुभयाे । उहाँले सानो काम भएपनि यसको सन्देश ठूलो रहेको उल्लेख गर्नुभयाे ।

सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले पत्रकारले सामाजिक काममा सक्रियता देखाएको भन्दै खुशी व्यक्त गर्नुभयाे । चौतारी गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा बालगृह संयोजक सोमनाथ बरालले स्वागत एवं कास्की शाखा अध्यक्ष अर्जुन गिरीले कार्यक्रम माथि प्रकाश र सचिव रञ्जन अधिकारीले सञ्चालन गर्नुभएकाे थियाे ।
संगठन केन्द्रीय सचिव एवं प्रदेश ईञ्चार्ज सुष्मा पौडेल, केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज रुद्र श्रीस मगर, पूर्व अध्यक्ष श्याम कुँवर, अग्रज दीपेन्द्र श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभयाे ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक