fbpx

चलचित्र चित्राको प्रिमियर शो सम्पन्न

author

समाचारपाटी

४ महिना अगाडि

नेपाली चलचित्र चित्राको प्रिमियर शो भएको छ । सोमवार काठमाडौंमा चलचत्रिको प्रिमियर शो आयोजना भएको हो । चलचित्रको प्रिमियर शोमा वरिष्ठ कलाकारहरुको उपस्थिति रहेको थियो । चलचित्र पौष २७ गतेबाट देशभरका सिनेमा घरहरुमा प्रदर्शनी हुनेछ । प्रिमियर शोपछि सिनेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र निकै उत्कृष्ट रहेको र सबैले हेर्नुपर्ने चलचित्र भएको बताउनु भयो । उहाँले चलचित्रमा नयाँ कलाकारहरुको अभिनय जीवन्त रहेको बताउनु भयो । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले चलचित्रमा बुबा छोरीको कथा रहेको र चलचित्रमा जीवन्त अभिनय देख्न सकिने बताउनु भयो । 
फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । यही फिल्मबाट सन्तोष अधिकारीले नेपाली रजतपटमा डेब्यु गरेका छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् ।  बाबुछोरीको कथा बोकेको चित्रामा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाशको साथमा अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ । चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ । महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भुमिकामा बनिश शाह र सन्देश शाह छन् । 


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन