fbpx

‘नेपालका शहरमा नै समयमा जहाज उड्न नसक्ने, यी कुरालाई व्यवस्थित ढंगबाट अघि बढाउन जरुरी छ ‘:-प्रदीप पौडेल

author

समाचारपाटी

१ year अगाडि

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताउनुभएको छ । 
नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता पौडेलले वायुसेवा निगमका जहाजहरु अझैपनि तोकिएको समयमा नउड्नाले आम नागरिकहरुमा धेरै समस्या देखिएको बताउनु भयो । उहाँले अझैपनि नेपाल एयरलाइन्सको टिकट काट्ने भनेको फुर्सद हुने मानिसहरुले मात्रै हो भन्ने भाष्य समाजमा स्थापित रहेको बताउनु भयो । नेता पौडेलले नेपाल वायुसेवा निगमका जहाजमा धेरै प्राविधिक समस्या आउने, पाँग्रा मागेर चलाउनुपर्ने र एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल बोलाउन नसक्ने स्थिति रहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले नेपाल एयरलाइन्सलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । सरकारले पनि नपाल वायुसेवा निगम व्यवस्थापन गर्न आवश्यक कमदम चाल्न नसकेको गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘आज प्रतिष्पर्धात्मक यो बजारमा यसले आफूलाई विश्वसनिय बनाउन सकेको छैन । ठ्याक्कै व्यवहारिक ढंगबाट भन्दा नेपाल एयरलाइन्सका जहाजहरु तोकिएको समयमा कमै उड्छन् । अहिले त कस्तो छ भने नेपाल एयरलाइन्सको टिकट काट्यो भने फाइभ स्टार होटलमा बस्न पाइन्छ । धेरै हतार नभएका मान्छेहरुले मात्रै यो टिकट काट्ने परिस्थिति हो की जस्तो देखिन्छ । त्यसैले यसलाई व्यवस्थित ढंगबाट, पाँग्रा मागेर चलाउनुपर्ने, त्यसको टेक्निकल पार्ट म बुझ्दिन, एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल निकाल्न नसक्ने, यहीँ नेपालका शहरमा नै समयमा जहाज उड्न नसक्ने, यी कुरालाई व्यवस्थित ढंगबाट अघि बढाउन जरुरी छ । यसको व्यवस्थापन पक्षमा धेरै त्रुटीहरु देखिन्छ । सरकारले यसलाई व्यवस्थापन गर्ने पक्षमा काम गर्न पनि सकेको छैन, मन्त्री आउँछ, यति मान्छे नियुक्ति गर् भन्छ, सित्तैमा टिकट दे लगायतका गगिविधि र समस्याहरु भएका छन् । कसैले संस्थाको अहीतमा निर्देशन गर्छ भने त्यसमा नमान्नुस् । माथिदेखि तलसम्म सुधार गर्नुपर्ने धेरै विषय छन्, इच्छाशक्ति हामीमा चाहिन्छ ।’

सांसद पौडेलले श्रमजीविका खास समस्या सम्बोधन गर्न अझै नसकिएको बताउनु भयो । उहाँले अहिलेसम्म पनि नेपाली समाज श्रमजीविलाई सम्मान गर्नसक्ने स्थितिमा नरहेको बताउनु भयो । 


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन