fbpx

पोखरा महानगरपालिकाद्धारा २४ वटा फर्मलाई स्टार्ट अप अनुदान प्रदान

author

समाचारपाटी

२ years अगाडि

पोखरा। पोखरा महानगरपालिकाले २४ वटा फर्महरूलाई उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम स्टार्ट अप अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिका अन्तरगतको व्यवसाय प्रवद्र्धन केन्द्र बिपिसी अन्तरगत उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवद्र्धन केन्द्र (इबीक) परियोजनाको सहजीकरणमा उद्यमशीलता तथा नवप्रवर्तन कोष मार्फत उनीहरूलाई महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसाय स्टार्ट अप अनुदान प्रदान गरिएको हो ।

महानगरपालिकाका प्रमुख आचार्यले व्यवसाय सञ्चालनका लागि प्रोत्साहन तथा नयाँ रोजगारी सृजनामा यसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘व्यवसाय सञ्चालन तथा रोजगारी सृजनामा पहिलो पाइला महत्वपूर्ण हुन्छ, त्यस कारण नवीनतम सोच भएका व्यक्ति तथा फर्महरूलाई प्रोत्साहन होस्, प्रमुख आचार्यले भन्नुभयो, व्यवसायमा लगनशीलता बढोस्, एमाउण्टका हिसाबले रकम सानो होला तर पहिलो पाइलामा यो पुरस्कार प्राप्त गर्नु महत्वपूर्ण कुरा हो ।’ रोजगारी सृजनाका लागि महानगरपालिकाले निरन्तर पहल गर्ने प्रमुख आचार्यले बताउनुभयो ।

सुन्ती पुर्जा (हस्तकला), सरस्वती अधिकारी थापा (गँड्यौला पालन, कौसी खेती र फोहोर मैला व्यवस्थापन), चुत्रल कृषि समूह (कृषि उत्पादन), ग्रिन रोड वेस्ट म्यानेजमेन्ट (प्लास्टिक व्यवस्थापन), एक कल होम सोलुसन (विभिन्न सेवाका लागि प्राविधिक सेवा), सुवास परियार (वातावरणमैत्री झोला प्रवद्र्धन), रेखा कुमारी थापा (गँड्यौला मल प्याकेजिङ), बाबुराम बस्ताकोटी (आर्ट एन्ड ह्याण्डी क्राफ्ट), प्रेम बहादुर वि।क (मेटल उद्योग), महिला सीप विकास संस्था (हस्तकला उत्पादन), पोखरा तारा मण्डल एन्ड विज्ञान केन्द्र (सिकाई प्रवद्र्धन) र जमुना सुनार (हस्तकला) लाई नगद रु ५०÷५० हजारका दरले अनुदान उपलब्ध गराइएको हो ।

यस्तै, झलक प्रसाद बराल (पोल्टी), तारानाथ पहारी (कृषि पर्यटन), पोखरा वर्डस एन्ड एग्रो फार्म (कृषि), ज्योति प्रोभिजन स्टोर (लोकल ध्यु तथा पनिर उत्पादन), पिन शोभा गुरुङ (विषादी मुक्त अग्र्यानिक उत्पादन), रनदेवी गुरुङ (कृषि तथा पशुपालन), विश्वबन्धु पोखरेल (कृषि तथा पश), विष्णु माया आचार्य (हस्तकला), पद्मावति खाद्य उद्योग (आयुर्वेदिक औषधी तथा जडीबुटी), बिजुला परिवार (टेलर्स), देविथान कृषि फर्म (कृषि) र ग्रिनवायोट्रिक एन्ड रिसर्च सेन्टरलाई पनि नगद रु।५०÷५० हजारका अनुदान सहयोग उपलब्ध गराइएको हो ।

पोखरा महानगरपालिका क्षेत्र भित्र नयाँ व्यवसाय तथा नवितम सोचका साथ व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका युवा÷महिला÷वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा फर्महरूलाई व्यवसाय सञ्चालनका लागि हौसला स्वरूप अनुदान प्रदान गरिएको इबीक परियोजनाका संयोजक नवराज अधिकारीले बताउनुभयो ।

पोखरा महानगरपालिका अन्तरगत व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) द्वारा प्रकाशित सूचनाको आधारमा सूचीकृत भई छनौटमा परेका २४ वटा व्यक्ति तथा फर्महरूलाई अनुदान उपलब्ध गराइएको हो ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...