१८ औं संस्करण पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा

author

समाचारपाटी

१ year अगाडि

पोखरा । आगामी शनिबार ५ फागुनमा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करण तयारी पूरा भएको छ । यसपटक १०८ जना म्याराथनमा सहभागी हुने आयोजक भूतपूर्व खेलाडी मञ्चले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा नेपालसँगै केन्या, चीन, भारत, बेलायत, जर्मनीलगायत १४ देशका धावक ४२.१९५ किलोमिटरको म्याराथनमा सहभागी हुने आयोजक संस्थाका अध्यक्ष हरि पराजुलीले जानकारी दिनुभयाे । म्याराथन बिजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र चौथो हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै, पोखरा म्याराथन अन्तर्गत नै हुने महिलाहरुको हाफ म्याराथनमा ७० जना प्रतियोगी सहभागी हुनेछन् । २१ किलोमिटर दूरीमा हुने उक्त दौड विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ पाउनेछन् ।

अघिल्लो वर्ष अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजक संस्थाहरुको छाता संगठन एम्सको सदस्यता पाएको पोखरा म्याराथनले यस वर्ष रन फर रनबाहेक सबै दौडमा चिप्सको प्रयोग गर्ने भएको छ ।

‘अघिल्लो वर्ष परीक्षणका लागि हाफ म्याराथनमा प्रयोग गरेका थियौं । तर, यसवर्ष सबै दौडका धावकहरुलाई चिप्स उपलब्ध गराउँछौं’, अध्यक्ष पराजुलीले भने, ‘यसले सही नतिजा विश्वभर थाहा पाउन सजिलो हुन्छ ।’

म्याराथनको रुट परिवर्तन, ३ घन्टा बाटो बन्द

यस वर्ष म्याराथनको रुट पनि परिवर्तन गरेको छ । अघिल्ला संस्करणमा म्याराथनको अधिकांश रुट सहरी भागमा परेको र त्यसले असर पुर्याएको भन्दै रुट परिवर्तन गरेको हो ।

यसवर्ष पोखरा फेवाताल सिरानलाई मुख्य रुटमा प्रवेश गराएको छ । पोखरा रंगशालाबाट सुरु हुने म्याराथन मियापाटन, पृथ्वीनारायण क्याम्पस, जिरो, हल्लनचोक हुँदै घाँटीचोक पुगेर फेरि क्याम्पिङ चोकमा आएर अन्त्य हुनेछ ।

‘पहिले बढी कोर सिटी एरिया भएर अलि समस्या भएको थियो । तर, यो पटक कोर सिटी एरिया थोरै पर्ने गरी रुट डिजाइन गरेका छौं’, निवर्तमान अध्यक्ष तेज गुरुङले भन्नुभयाे, ‘यो हुँदा धावकहरु हिमाल हेर्दै ताल छेउमा दौडन पाउँछन् ।’

आयोजकका अनुसार पोखरा म्याराथनले पोखराका १७ वटा वडा छुनेछ । मुख्य बजार क्षेत्रमा १७ किलोमिटर र बाँकी ग्रामीण क्षेत्र पर्ने गरी रुट निर्माण गरिएको संस्थाले जनाएको छ । विगतमा पोखरा रंगशालादेखि सुरु भएर रंगशालामै सकिन्थ्यो ।

साथै, प्रतियोगिताका बेला रुट पर्ने क्षेत्रमा ३ घण्टा गाडी चल्न निषेध गरिएको छ । यातायात व्यवसायीले बिहान ७ बजेदेखि १० बजेसम्म सवारी साधन नचलाउने प्रतिवद्धता जनाएको आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुलीले जानकारी दिनुभयाे ।

अधिकांश रुट व्यस्त सडकमा नपर्ने भएकाले सवारी साधन रोक्न समस्या नपर्ने पराजुलीको दाबी छ । ‘पहिलेजस्तो धेरै कोरसिटी एरियामा रुट छैन । ठूलो समस्या हुँदैन’, उहाँले भन्नुभयाे ।

प्रतियोगितामा रन फर रनसहित ८ इभेन्टमा प्रतिस्पर्धा हुने भएको हो । त्यसमध्ये ह्विलिचयर र दृष्टिविहीन दौड भइसकेका छन् । रन फर रनमा करिब १० हजार संख्यामा धावकहरु सहभागी हुने आयोजकको विश्वास छ ।

पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशी भएको म्याराथन समेत हो । १८ औं संस्करणमा विभिन्न इभेन्टका ४१ जना विजेतालाई कूल १८ लाख १६ हजार रुपैयाँ पुरस्कार वितरण गरिने निवर्तमान अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयाे ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन