fbpx

जहाज दुर्घटनास्थलमा १३ औँ दिनको पुण्य तिथि पारेर श्रद्धाञ्जली अर्पण तथा विशेष पूजा गरिने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । विमान दुर्घटनामा मृत्यु भएकाको १३ औँ दिनको पुण्य तिथि पारेर दुर्घटना स्थलमा श्रद्धाञ्जली अर्पण तथा विशेष पूजा गरिने भएको छ । गत माघ १ गते यति एअरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष पूजा गरिने भएको हो ।

मृतक आत्माहरूको चीर शान्तिको कामना गर्दै आगामी १३ गते शुक्रवार बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा श्रद्धाञ्जली सभा पश्चात विशेष पूजा गरिने श्री शुक्लेश्वर महादर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिनुभयाे ।

भण्डारीका अनुसार पुण्य तिथिको दिन पण्डितहरूका साथै बह्मकुमारीहरू बाट पूजा पाठ, दीप प्रज्वलन, स्वस्ति शान्ति गरी गीता पाठ गर्नुका साथै हवन गरी मृतक आत्माहरूको शान्तिको कामना गरिनेछ । सो अवसरमा विभिन्न धर्ममा विश्वास राख्ने जो कसैले पनि आफ्नो संस्कार अनुरूप कार्य गर्न सक्ने अध्यक्ष भण्डारीले जानकारी दिनुभयाे ।

उहाँले मृतकका परिवार, आफन्त, नागरिक समाज, राजनीतिक दल, सुरक्षाकर्मी, वायुसेवामा कार्यरत कर्मचारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत सम्पूर्ण सर्वसाधारणलाई दुर्घटना स्थलमा जम्मा भई श्रद्धाञ्जली अर्पण गर्न तथा विशेष पूजामा सहभागी हुन आग्रह गर्नुभयाे।

श्रद्धाञ्जली अर्पण तथा विशेष पूजा आयोजनाको संयोजकमा पोखरा महानगरपालिका वडा नं –१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ हुनुहुन्छ । भने दुर्घटनास्थल वडा नं ७ र १५ को सिमानामा पर्ने भएकाले वडा नं ७ का प्रतिनिधिहरुको पनि सहभागिता रहनेछ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन