fbpx

प्याब्सन स्पोर्टस मिट :- बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरामा जारी ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’अन्तर्गत मावि तह र प्लस टु (कक्षा ११–१२)तह जारी बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गतनै भलिबल, फुटबल र
एथलेटिक्सतर्फका फाइनल खेल बिहिबार सम्पन्न हुने प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जानकारी दिनुभएकाे छ ।

भलिबल, एथलेटिक्सतर्फका केही इभेन्ट र फुटबलको फाइनल खेल बिहिबार आयोजना हुने संयोजक लामिछानेले बताउनुभयाे । बिहिबार पोखरा रंगशालमा १७ औं प्याब्सन स्पोर्टस मिटको ट्रफी विजेता विद्यालयको समेत टुङ्गो लाग्ने संगै विजेता विद्यालयहरुलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको प्याब्सन कास्कीले जनाएको छ ।

बास्केटबल प्लस टु :- प्रतिभालाई दोहोरो उपाधि
पोखरा रंगशालामा सम्पन्न छात्र–छात्रा प्लस टु बास्केटबल प्रतिभा माविले दोहोरो उपाधि हात पारेको बास्केटबलका संयोजक खिम गुरुङले जनाउनुभएकाे छ ।

सम्पन्न फाइनल खेलमा छात्रतर्फ प्रतिभाले पारामाउण्टलाई ७४–२० को विशाल स्कोरले पराजित गर्दै उपाधि हात पार्दा बाल कल्याणले पश्मिाञ्चललाई ४९–२८ को स्कोरले पराजित गर्दै तेश्रो स्थान हात पारेको छ ।

त्यसै गरी छात्रातर्फ प्रतिभाले भाष्कर माविलाई ३८–१६ को स्कोरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको छ । त्यस्तै तेश्रो स्थानका लागि भएको खेलमा मेरी गोल्डले केफलाई २८–९ ले पराजित गरेको छ । सम्पन्न खेलमा छात्रतर्फ
प्रतिभाका निशान पुन उत्कृष्ट हुँदा छात्रातर्फ प्रतिभाकै विद्या गुरुङ घोषित भएकी छन् । प्रतियोगितामा प्रतिभाकी एरिना पुन मगर पारा माउण्टका अंकिट केसी सर्वाधिक स्कोरर हुन सफल भएका छन् ।

विजयी टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेश शिक्षा कार्यालयका निर्देशक अम्विकाआचार्य, प्याब्सनका केन्द्रिय सदस्य प्रेम शर्मा, प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्लस टु बास्केटबल अन्तर्गत छात्रतर्फ १६ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो ।

टेबुल टेनिस डबल्समा ग्लोबललाई दोहोरो उपाधि
प्याब्सन कास्की अन्तर्गत जारी टेबुल टेनिस खेलतर्फ फाइनल खेलहरु सम्पन्न भएका छन् । छात्र–छात्रातर्फ डब्ल्सतर्फको फाइनल खेल भने ग्लोबल कलेजियटले दोहोरो उपाधि जितेको छ । छात्र डबल्समा ग्लोबलका पार्टनरद्वय जेनिथ ठकुरी र जेनिथ गुरुङको जोडीले फाइनलमा सिर्जनाका विशेष गौचन र रमि थापा मगरको जोडीलाई ८–११, ११–३, १३–११, ५–११ र १२–१० को सेटमा पराजित गरे । त्यसै गरी छात्रातर्फ ग्लोबल कलेजियटले नै जितेको छ । ग्लोबलका सुष्मि र मेलिनाको जोडीले सिर्जनाको प्रजिता र तृषाको जोडीलाई ६–११, ११–८, १३–११,५–११ र ११–९ को सेटमा पराजित गरेको प्याब्सन कास्कीले जनाएको छ ।

टेबुल टेनिस छात्रा सिंगल्समा सिर्जनाकी तृष्णा पुन विजयी भएकी छन् । उनले फाइनलमा सगरमाथाकी सिजल बानियाँलाई ११–६, ११–७, ११–२ को सेटमा पराजित गरेकी हुन् । त्यसै गरी छात्रतर्फको फाइनल खेल ग्लोबलका कुशल केसीले लिटिल स्टेपका गौरव शेरचनलाई ९–११, ११–८, ११–५ र ११–४ को प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै जिते ।

भलिबलतर्फका खेल जारी प्याब्सन कास्की अन्तर्गत जारी भलिबल अन्तर्गत प्लस टु (कक्षा ११–१२) र मावि तह छात्रातर्फ फाइनल खेल सम्पन्न भएको संयोजक नविन बरालले जानकारी दिएका छन् ।

प्लस टु छात्रातर्फको फाइनल खेल पश्चिमाञ्चलले प्रतिभालाई २५–१७, २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ। यसै गरी गुरुकुलले केफलाई २५–१९ र २५–२१ को सोझो सेटमा पराजित गर्दै तेश्रो स्थान हात पारेको छ ।

मवि तह छात्रातर्फको फाइनल खेल टप्स माविले उपाधि जितेको छ । टप्सले रेन्वोलाई २५–१२, २५–५ र २५–२० ले पराजित गर्दै उपाधि जितेको हो । त्यसै गरी नेपाल आदर्शले ताराकुञ्जलाई २५–१४ र २५–९ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ ।

प्लस टु छात्रतर्फ गुरुकुल र सिर्जना बोर्डिङ उपाधिका लागि भिड्ने भएका छन् । गुरुकुलले टप्सलाई २५–२२ र २५–२० को प्रतिष्पर्धात्मक खेलमा पराजित गरेको हो । केफ र सिर्जना विचको सेमीफाइनल खेल भने हुन सकेन । केफले
बाहिरी खेलाडी खेलाए पछि न्यायिक समितिले छानविन पछि खेलबाट निष्कासन गर्दा सिर्जनाले सोझै फाइनलमा स्थान बनाएको छ भने टप्सले सोझै तेश्रो स्थान प्राप्त गरेको छ ।

मावितह छात्र भलिबलमा सिर्जनाले निलगिरीलाई २७–२५ र २५–२३ ले खेल जित्दै फाइनलमा स्थान बनाएको छ भने न्यू मोडलले धौलागिरीलाई २५–२१ र २५–२३ ले पराजित गर्दै सिर्जना संग फाइनलमा सिर्जना संग भेट पक्का गरेको छ । फाइनल खेल बिहिबार हुने आयोजकले जनाएको छ ।

एथलेटिक्सका खेल जारी
एथलेटिक्स मावीतर्फ १०० मिटर छात्रतर्फ टप्सका दर्शन गुरुङ प्रथम भएका छन भने सिर्जनाका आशिष आचार्य द्वितिय र बेसलाइनका आयुश रायमाझी तृतिय भएका छन् । छात्रा १०० मिटमा टप्सकी पवित्रा गुरुङ पहिलो, बेसलाइनकी स्वस्तिका मल्ल दोश्रो र प्रगतीकी लिजा तामाङ तेश्रो भइन् ।

छात्र २०० मिटरतर्फ प्रगतीका वर्दान राज गुरुङ, इडेनका धिरज पटेल र निलगिरी रोनित गुरुङ क्रमश पहिलो, दोश्रो र तेश्रो भए भने छात्रातर्फ टप्सकी पवित्रा गुरुङ पहिलो, डायमण्डकी एकता तिवारी दोश्रो हुँदा प्रगतीकी लिजा तामाङ तेश्रो भइन् ।

प्लस टु छात्रतर्फ २०० मिटर दौडमा सिर्जनका रिशव श्रेष्ठ, प्रतिभा मनिष तिलिजा पुन र प्रगतीका बिनय परियार क्रमश पहिलो, दोश्रो र तेश्रो भए भने प्लस टु छात्रतर्फ ४०० मिटर दौडमा प्रतिभाका निशान पोखरेल, वेष्ट पोइन्टका निशान रानाभाट,टप्सका जेनिश रसाइली क्रमश पहिलो, दोश्रो र तेश्रो हुन सफल भए ।

प्लस टु छात्रातर्फ ४०० मिटर दौडमा स्नो भ्यूकी पार्वती श्रेष्ठ, टप्सकी यूनिका गुरुङ,सिर्जनकी यूका बास्तोला क्रमश पहिलो, दोश्रो र तेश्रो भए । प्लस टु छात्र ८०० मिटर दौडमा टप्समा अमित गुरुङ, हिल पोइन्टका रमेश गुरुङ र
न्यू मोडलका शचिन केसी क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् ।

छात्रा ८०० मिटर दौडमा टप्सकी सविना खातुन मिया, भ्यू पोइन्टकी सजिना सुनार र सिर्जनाकी अश्मिना केसी क्रमश पहिलो, दोश्रो र तेश्रो हुन सफल भएका छन् । त्यसै गरी ट्रिपल जम्पतर्फ बेथानीका समिर शाही, बेसलाइनका रोहन श्रेष्ठ र ग्लोबलकाअनिश खड्का क्रमश पहिलो, दोश्रो र तेश्रो भए ।

फुटबल मावि फाइनलमा शान्तिदिप र स्नो भ्यू भिड्ने प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबल फाइनल खेलमा शान्ति दिप र स्नो भ्यू भिड्ने भएका छन् । आज सम्पन्न सेमीफाइनलमा शान्ति दिप र मेरी गोल्ड विचको खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा टुङ्गिए पछि नतिजा टाइ व्रेकरमा धकेलिएको थियो । टाइ ब्रेकरमा शान्तीदिपले ५–४ ले खेल जित्दै
फाइनलको यात्रा तय गरेको हो । त्यसै गरी स्नो भ्यूले बालोदयलाई ४–० को गोल अन्तरले पराजित गर्दै फाइनलका स्थान शुरक्षित गरेको छ ।

फुटबल जुनियरतर्फ रेन्वो र इडेन फाइनलमा भिड्ने भएका छन् । रेन्वोले बेसलाइनलाई टाइ ब्रेकरमा ३–१ ले पाखा लगाएको हो । निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेका थिए भने एक अर्को सेमीफाइनलमा
इडेनले कुमुदिनीलाई ३–० गोलले पराजित गरेको हो । फाइनल खेलहरु बिहिबार पोखरा रंगशालामा सञ्चालन हुने स्पोर्टस मिट प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिनुभयाे ।

प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको छ ।

त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५,छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिएका छन् ।

कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ ।

१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको अध्यक्ष मथुरा प्रसाद पौडेलले बताउनुभयाे ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन