प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबल जारी प्लस–टु तर्फ भलिबल र बास्केटबल सुरु

author

समाचारपाटी

२ महिना अगाडि


पोखरा। ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबल प्रतियोगिता जारी रहेको छ भने प्लस–टु (कक्षा ११–१२)तर्फ छात्रा भलिबल र छात्र बास्केटबल प्रतियोगिताहरु सुरु
भएका छन् ।

निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत शनिबार चौथो दिन पनि सिनियर र जुनियर फुटबलतर्फका २० खेल सम्पन्न भएका हुन् । पोखराका तिन छुट्टा–छुट्टै खेल मैदानमा सञ्चालन सिनियरतर्फ र जुनियरतर्फ प्रि–क्वाटरका खेलहरु सञ्चालन भइरहेको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद
र्पौडेलले जानकारी दिनुभएकाे छ ।

सम्पन्न प्रतियोगिता अन्तर्गत सिनियर फुटबलतर्फ गौरीशंकर खेल मैदानमा सम्पन्न भएको खेलमा हिल पोइन्ट, ग्लोबल, शान्ती दिप, पोखरा पब्लिक र मेट्रोपोलिटियन विजयी भएका छन् । खेलमा हिल पोइन्टले हिमाञ्चललाई
४–० गोलले पराजित गर्दा ग्लोबलले भ्यू पोइन्टलाई १–० र पोखरा पब्लिकले तारा कुञ्जलाई ७–१ को भारी गोल अन्तरले पराजित गरेको छ । एक अर्को खेलमा शान्ती दिपले टप्सलाई टाइव्रेकरमा ४–२ ले पाखा लगाएको छ । निर्धारित समयमा दुबै टिमले गोल गर्न सकेका थिएनन् । अर्को एक खेलमा मेट्रोपोलिटियनले स्टेप बाई स्टेपलाई २–० ले पराजित गरेको फुटबल संयोजक जगत थापाले जनाउनुभयाे ।

सिनियर फुटबलतर्फनै बालविद्याले पोखरा युनाइटेडलाई २–० ले, विद्या निकेतनले सरस्वतीलाई २–१ ले, पोखरा एकेडेमीले गोल्डन नेचरलाई ४–० ले बालोदयले बाल प्रभातलाई २–१ ले, शान्तीकुञ्जले हिमालयनलाई १–० ले
पराजित गरेको छ । एक अर्को खेलमा शिसु कल्याणले एक्स आर्मीलाई टाइ व्रेकरमा ४–२ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले ३–३ गोल गर्दै बराबरी खेलेका थिए ।

यता शान्ती दिप खेल मैदानमा जुनियरतर्फको खेलमा पारामाउण्टले सोसियल पव्लिकलाई १–० ले, गुरुकुलले प्रगतीलाई ३–२ ले, गुरुकुलले पिएलएलाई ५–० ले, सगरमाथाले भाष्करलाई १–० ले र स्नो भ्यूले ग्लोबललाई २–१ ले
पराजित गरेको छ ।

बास्केटबल प्लस–टु तर्फ छात्रको खेल सुरु प्याब्सन स्पोर्टस मिट अन्तर्गत बास्केटबल छात्रतर्फको खेल शनिबारबाट सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सञ्चालन भएको बास्केटबलमा ६ खेल सम्पन्न भएको प्लस् टु बास्केटबल संयोजक खिम गुरुङले जनाउनुभएकाे छ ।

बास्केटबलको उद्घाटन खेलमा गोल्डेन नेचरले प्रतिष्पर्धात्मक खेलमा टप्स मावीलाई ३६–३३ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा बाल कल्याणले भाष्करलाई ५२–३० ले, मेरी गोल्डले धौलागिरीलाई ५२–२७ ले,माउन्ट अन्नपूर्ण माविले प्रगतीलाई ५६–११ ले, सोसियल पब्लिकले बेथानीलाई प्रतिष्पर्धात्मक खेलमा २९–२५ ले पराजित गर्दा अन्तिम खेलमा पश्चिमाञ्चलले केफलाई २०–१८ ले पराजित गरेको छ ।

यस अघि बास्केटबल खेलको उद्घाटन प्याब्सनका पूर्व केन्द्रिय उपाध्यक्ष शेर बहादुर गुरुङले गर्नुभएकाे थियाे । छात्रा भलिबल सुरु प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस–टु (कक्षा ११–१२) र मावि तह कक्षा १–१० तर्फ छात्रा भलिबल खेल शनिबारबाट पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सुरु भएको छ ।

प्लस टु छात्रातर्फ भलिबलमा कूल ८ टिम मावितर्फ २४ टिमको सहभागिता रहेको भलिबल प्रतियोगिता संयोजक नविन बरालले जानकारी दिनुभएकाे छ । प्लस टु छात्रातर्फको खेलमा प्रतिभाले माउन्ट अन्नपूर्णलाई २५–७, २५–९ ले,
करुणानिधीले मदर ल्याण्डलाई २५–१३, २५–१२ ले, पश्चिमाञ्चलले भाष्करलाई २५–१८, २५–१८ ले र गुरुकुलले टप्सलाई २५–१९, २५–२० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका छन् ।

त्यस्तै मावि कक्षा ११–१२ तर्फ सम्पन्न खेलमा रेन्वो एकेडेमी, टप्स मावि, नेपाल आदर्श आज नै सम्पन्न आ–आफ्नो २–२ खेल जित्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । त्यस्तै एक खेलमा जित एक खेलमा पराजित हुँदै न्यू मोडल बाहिरिएको छ भने डायमण्ड, स्टेप बाई स्टेप र तारा कुञ्ज, धौलागिरी र नेशनल इन्भेन्टिभले एक–एक खेल जित्दै दोश्रो चरणको यात्रा सुरक्षित गरेका छन् ।

उक्त भलिबल खेलको प्याव्सनका केन्द्रिय सदस्य प्रेम प्रसाद शर्मा र पूर्व केन्द्रिय उपाध्यक्ष रत्नमान गुरुङले एकै समयमा दुई वटा कोर्टमा सुरु भएको दुई छुट्टा–छुट्टै खेलको उद्घाटन गरेका थिए । यस अघि १७ औं प्याब्सन
स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले बल प्रतियोगिताका संयोजकलाई हस्तान्तरण गर्नुभएकाे थियाे ।
१७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभएकाे छ ।

उद्घाटन कार्यक्रम अपरान्ह ११ बजे सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिनुभएकाे छ ।

कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।

१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको
सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/
काठमाडौं

आइतवार, माघ १५, २०७९

७.७२°

-
Mist

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्
राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ, कुनै पनि हालतमा...
‘प्रत्यक्ष टिकटको कुरा उठ्दा सीता सुन्दासलाई एमालेकै कार्यकर्ताहरु भन्थे...
खानेपानी मन्त्री अब्दुल खानले गर्नुभयाे पदभार ग्रहण
कर्णाली प्रदेशसभाकी सभामुखले एमाले त्यागिन

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
सर्ट मुभी ‘किन’सार्वजनिक
प्रदिप खड्काको नयाँ फिल्म ‘कामिनो’ को थिम पोस्टर सार्वजनीक
गायिका एन्जिला रेग्मी र गायक प्रकाश ढुंगानाको स्वरमा नयाँ...
केपी शर्मा ओलीबाट गायिका पूर्णिमा लामा एपिक संगीत रत्नमा...