काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको बताउनुभएकाे छ । आफूले उपराष्ट्रपति पदमा दाबी गरेको भन्ने हल्ला चलेको र केही सञ्चार माध्यमले समाचार समेत बनाएको भन्दै उहाँले त्यसको खण्डन गर्नुभयाे ।
ओनसरी घर्तीले भन्नुभयाे, ‘मैले उपराष्ट्रपतिमा दाबी गरेकी छैन र गर्दिनँ पनि, मेरो मनमा समेत नउब्जिएको विषय समाचारमा आउँदा आश्चर्यचकित भएकी छु ।’
आफूले पार्टी नेतृत्व समक्ष त्यस्तो दाबी नगरेको र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कोही पनि नेताले प्रस्तावसमेत नगरेको घर्तीको भनाइ छ ।