अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत

author

समाचारपाटी

२ महिना अगाडि

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल निर्वाचित भएका छन् । संघको पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) छन् । संघको सदस्यहरुमा निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविण मगर, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने, रोहित बस्नेत छन् ।

संघको तेस्रो सधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले अनलाइन मिडियालाई व्यवस्थित बनाउन संघले अनलाइन सम्बन्धि साक्षरता कार्यक्रमको आयोजना गर्नुपर्ने धारणा राखे । उनले पछिल्लो समय अनलाइनको संख्या बढ्दै जाँदा गुणस्तरियतामा ख्याल नगरिएको बताए । कतिपय अनलाइनमा आएका समाचारले समाजमा नकरात्मक प्रभाव पारेको अभिव्यक्ति उनको थियो । अनलाइन मिडियाहरुलाई पनि नियमन गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

‘पत्रकार निश्पक्ष हुन आवश्यक छ । विज्ञापन उठाउन पत्रकार जाने होइन । पत्रकारिता क्षेत्रमा नै गुणस्तरियता भएन भने अन्य क्षेत्र स्वतः समस्यामा पर्छ ।’, उनले भने । पत्रकार हित बमोजिम नै आमसंचार विधेयक ल्याउन गण्डकी सरकार प्रतिबद्ध रहेको अभिव्यक्ति उनको छ । उनले पछिल्लो समय सत्ताका लागि मात्र राजनीति गर्दा नागरिक समस्यामा परेको उल्लेख गरे । ‘सत्ताका लागि मात्र राजनीति केन्द्रित हुन थाल्यो । मेरा लागि सत्ता प्रमुख होइन । जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने तवरले हामी अगाडि बढ्न सके नै देशकोे विकास हुन्छ ।’, उनले भने ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकार क्षेत्रको उन्नयनका लागि केही गर्न सके नै लोकतन्त्रको अनुभुति हुने बताइन । पत्रकारका मुद्धाहरुलाई सरकारले सुनवाई गर्नुपर्ने धारणा उनको छ । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याउन लागेको आमसंचार विधेयक पत्रकारमैत्री हुनुपर्ने धारणा राखे । उनले आमसंचार विधेयकका विषयमा सरकारले अपेक्षा अनुरुप काम नगरेको बताए । आमसंचार विधेयक वाक स्वतन्त्रता सँग सम्बन्धित हुनुपर्ने भनाई उनको छ ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले अनलाइन मिडियामा आएका समस्यालाई समाधान गर्न संघ लाग्नुपर्ने बताइन् । अनलाइनलाई व्यवस्थित गर्दै आमसंचार मिडियालाई प्रभावकारी बनाउन आजको आवश्यकता रहेको भनाई उनको छ । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले अनलाइन कान्छो विधा भएर पनि सबै भन्दा प्रभावकारी भएको उल्लेख गरे । अनलाइनको कन्टेन्टमा प्रश्न चिन्ह उठीरहेका बेला संघले अनलाइन मिडियालाई नियमन गरी दक्ष जनशक्ति उत्पादन गर्न तर्फ जोड दिन उनको आग्रह छ ।

नेपाल प्रेस युनियन गण्डकी प्रदेशका महासचिव प्रकाश ढकालले अनलाइनबाट अपेक्षा धेरै गरिएता पनि अनलाइनलाई नै संरक्षण गर्न सरकार मुकदर्शक बनेको बताए । अन्य पत्रकारसँग सम्बद्ध संस्थाजस्तै अनलाइन मिडिया सँग सम्बद्ध संस्थालाई पनि सरकारको सहयोगको आवश्यकता रहेको भनाई उनको छ ।

अनलाइन पत्रकार संघ गण्डकीका निवर्तमान अध्यक्ष कमल सुवेदीले गण्डकी सरकारले ल्याउन लागेको आमसंचार विधेयक अनलाइन मिडिया मैत्री हुनुपर्ने धारणा राखे । उनले दर्ता देखि नविकरण सम्मको काम झन्झटिलो रहेको उल्लेख गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा नै नविकरण गर्ने व्यवस्था मिलाउन नीति निर्माण गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

अनलाइन पत्रकार संघको अधिवेशन सफल पार्न सल्लाहकार केशव पाठकको संयोजनमा सदस्यहरु मधव बराल र सागरराज तिमिल्सिना गरी तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीलाई विज्ञको सुझाव, भारत भ्रमणमा मेन्यु लिएर नजानुस्

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न :...

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विचार

अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, जेष्ठ १४, २०८०

२२.७२°

-
Clouds