fbpx

ओखलढुंगा बाेलेराे दुर्घटना अपडेट:-४ जना घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइयाे

author

समाचारपाटी

१ year अगाडि

ओखलढुंगा । ओखलढुंगा चिशंखुगढी गाउँपालिका वडा ३ स्थित दियालेमा भएको बाेलेराे दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ। दियालेका ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो। दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जना गम्भीर छन्। घाइते ४ जनालाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।

२५ वर्षीय चालक सुमन कार्की,चिशंखुगढी ३ का ४० वर्षीय केन्द्र बहादुर कार्की र सोही ठाउँकी २६ की सर्मिला श्रेष्ठ,चिशंखुगढी गाउँपालिका १ का खेम बहादुर खत्रीलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको हो । उनीहरूको अनुहार तथा टाउकोमा गम्भीर चोट लागेको छ ।

यस्तै गम्भीर घाइते चिशंखुगढि गाउँपालिका-२ का तिलकुमारी श्रेष्ठलगायतलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी डीएपी दिपक केशीले जानकारी दिनुभयाे ।अन्य घाइतेलाई मिसन अस्पताल ओखलढुंगा लगिएको छ।

annapurnapost


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक