fbpx

‘प्रतिभावान खेलाडीलाई समेट्दै टोली निमार्ण गर्छु’:-फुटबल प्रशिक्षक भिन्सेन्जो

author

समाचारपाटी

१ year अगाडि

नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निमार्ण गर्ने बताउनुभएको छ । 

मंगलवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनिसले चलिरहेको शहीद स्मारक ए डिभिजन लिग र विगतका खेलबाट उनीहरुले गरेको प्रदर्शनको आधारमा टिम निमार्ण गर्ने बताउनुभएको हो । राष्ट्रिय टोलीका अधिकांस खेलाडी पलायन भएको अवस्थामा टोली सम्हाल्न नेपाल आउनुभएका भिन्सेन्जोले जारी शहीद स्मारक ए डिभिजन लिग र विगतका प्रतियोगितामा खेलेका खेलाडीलाई समेट्दै टोली बनाउने बताउनु भयो । प्रशिक्षक भिन्सेन्जोले प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेकोक र तीन वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाली आउन चाहेको समेत बताउनु भयो । उहाँले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेको र चलिरहेको ए डिभिजन लिगमा पनि आफुले सम्भावना बोकेका खेलाडी भेटेको समेत बताउनु भयो ।

यस्तै राष्ट्रिय टोलीका केही खेलाडीहरु विदेश गएको अवस्थामा कसरी टोली निमार्ण गनुहुन्छ भन्ने प्रश्नमा प्रशिक्षक भिन्सेन्जोले टिम बनाउँदा सम्पूर्ण रुपमा नयाँ नसकिने र एकै पटक धेरै नयाँ खेलाडीलाई मात्र समेटेर बनाउन कठिन हुने बताउनु भयो । उहाँले विदेश गएका खेलाडीसँग सम्पर्क गर्ने प्रयास गर्ने समेत बताउनु भयो । प्रशिक्षक भिन्सेन्जोले नेपाल आउनुको लक्ष्य धेरै भन्दा धेरै खेलमा नेपाललाई सुखद् नतिजा दिलाउने र नेपालले विगतमा हासिल गर्न नसकेको सफलता दिलाउँदै करियर सुधार गर्ने लक्ष्य रहेको बताउनु भयो । 

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा नेपालले पहिलो घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । प्रशिक्षक भिन्सेन्चोलाई एन्फाले मासिक तलबबाहेक खानेबस्ने र आउने जाने व्यवस्था गरेको गरेको छ । प्रशिक्षकका लागि आवश्यक पर्ने बजेट हालका लागि एन्फाको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको छ । प्रशिक्षका सम्झौता एक वर्षका लागि गरिएको हो । 


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन