fbpx

नेपाली भाषीलाई ‘विदेशी’ भनेपछि ,भारतको सिक्किममा दुई दिने बन्द आह्वान

author

समाचारपाटी

२ years अगाडि

झापा । भारतको सिक्किममा दुई दिने बन्द आह्वान गरिएको छ। सत्ता विपक्षी दल एसडीएफ पार्टीका अध्यक्ष र पूर्व मुख्यमन्त्री पवनकुमार चामिलङले शनिबार र आइतबार सिक्किम बन्दको आव्हान गर्नुभएकाे हाे।

भारतको सर्वोच्च अदालतले एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपालीभाषीलाई ‘विदेशी’ भन्दै फैसला सुनाएपछि विपक्षी दल एसडीएफ पार्टीले हिजो शुक्रबार विरोध प्रदर्शन गर्दै दुई दिने बन्दको आव्हान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

विपक्षी दलले बन्दको आह्वान गरे पनि सिक्किममा आज भने बन्दको आंशिक प्रभाव मात्रै परेको छ। राजमार्गमा सवारीसाधन तथा केही स्थानमा बजार खुला रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यममा उल्लेख छ। बन्दको आह्वान गरेका एसडीएफ पार्टीका नेता तथा कार्यकर्ताहरू बिहानैदेखि सिक्किमका विभिन्न सहरमा विरोध र्‍यालीसहित प्रदर्शन गरिरहेका छन्। सिक्किम सरकारले सुरक्षा व्यवस्था कडा बनाएको जनाइएको छ।  

सोसिएसन अफ ओल्ड सेटलर्स सिक्किम (एओएसएस)ले सन् २०१३ मा आयकर छुटको मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। सर्वोच्चले उक्त संगठनको पक्षमा गत जनवरी १३ मा फैसला गर्‍यो। त्यसमा बहुसङ्ख्यक नेपालीभाषीलाई ‘विदेशी’ भनी टिप्पणी गरिएपछि सिङ्गो सिक्किम आन्दोलित बनेको हो। 

त्यहाँ नेपाली, भुटिया र लेप्चा समुदायको बाक्लो बसोबास छ। सर्वोच्चको फैसलापछि विपक्षी दल तथा त्यहाँका नागरिकले मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)को राजीनामा पनि माग गरेका छन्। 

आन्दोलन चर्किएसँगै सिक्किम सरकारको सूचना प्रविधि विभाग, स्वास्थ्य तथा परिवार कल्याणमन्त्री डा. मणिकुमार शर्माले पदबाट राजीनामा दिइसक्नुभएकाे छ । 


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन