नेपालमा पर्यटक आगमन संख्या मासिक ५० हजार भन्दा माथि

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । पछिल्लो तीन महिनायता नेपालमा पर्यटक आगमन संख्या मासिक ५० हजार भन्दा माथि छ । सन् २०२२ को ११ महिनाको तथ्यांक विश्लेषण गर्दा प्रतिमहिना ४९ हजार ६ सय ५६ जना पर्यटक नेपाल आएका छन् । अक्टुबर २०२२ मा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका थिए । नेपालमा निर्वाचनको तयारी भइरहेको समयमा पनि नोभेम्बरमा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आए । सन् २०२० र २०२१ मा पर्यटक आगमनमा प्रतिबन्धका कारण कुनै महिना शून्यमा समेत झरेको अवस्था थियो ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने यो तथ्यांकलाई सकारात्मक संकेतका रुपमा व्याख्या गर्नुहुन्छ । उहाँका अनुसार संयुक्त राष्ट्रसंघ मातहतका विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले सन् २०२२ मा सन् २०१९ को तुलनामा विश्वभर ६०–६३ प्रतिशतको बीचमा पर्यटक आगमनमा पुनरुत्थान हुने अनुमान गरेको थियो । नेपालमा समेत सोही दरमा आगमनदर सुधार भइरहेको उहाँले बताउनुभयाे ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को नोभेम्बर महिनासम्म कूल ५ लाख ४६ हजार २ सय १६ जना पर्यटक नेपाल आएका छन् । यस अनुसार प्रतिमहिना औसतमा ४९, ६५६ जना पर्यटक नेपाल आएका छन् । नोभेम्बर २०२२ को एक महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल आएका छन् । यो सन् २०१९ को तुलनामा ५५।७६ प्रतिशत रिकभर भएको बोर्डको भनाइ छ ।

सन् २०१९ मा कोभिडको प्रभाव पर्यटनमा थिएन । सो वर्ष नोभेम्बर महिनामा मात्र १ लाख ३० हजार ३०२ जना पर्यटक नेपाल आएका थिए । अक्टुबर २०२२ मा भने ८५ हजार २२६ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ । यसरी नेपाल आउनेमा साहसिक गतिविधिमा आउने पर्यटकको संख्या अधिक रहेको निर्देशक लामिछाने बताउँनुहुन्छ । पर्वतारोहण र पदयात्राको प्रयोजनका लागि कोभिड तथा डेंगुका बाबजुत धेरै पर्यटक आएका हुन् ।

उता, व्यवसायीहरु भने तथ्यांकले राम्रो संकेत गरे पनि चुनौती भने यथावत रहेको बताउँनुहुन्छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष निलहरी बास्तोला कोभिडपछि अन्तर्राष्ट्रिय पर्यटक आगमन ह्वात्तै बढ्नुमा गैरआवासीय नेपालीहरुको आगमनको समेत भूमिका रहेको बताउनुभयाे । ‘लामो समय नेपाल आउन नपाएका धेरै गैरआवासीय नेपालीको आगमनले समेत संख्या बढाएको छ,’ उहाँ भन्नुहुन्छ, ‘होटेल र टुरट्राभल एजेन्सीको व्यवसायमा पुनरुत्थानको ठूलो प्रभाव भने देखिन बाँकी छ ।’


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन