नेपाल टी २० लिग:-लुम्बिनीसँग १०२ रनले हार्यो काठमाडौं

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । हरमित सिंहको अर्धशतकप्रेरित लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा बुधबार काठमाडौं नाइट्सलाई एक सय दुई रनले परातिज गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले १७ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर एक सय ८३ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले १५।४ ओभरमा सबै विकेट गुमाएर ८१ रन मात्रै बनाउन सक्यो। काठमाडौंले बासिर अहमदले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। लुम्बिनीका लागि ह्यारी टेक्टर, इशान पाण्डे र कुशल भुर्तेलले दुई–दुई विकेट लिए।

पहिलो इनिङमा लुम्बिनीका लागि ३६ बलको सामना गरेका हरमितले दुई चौका र आठ छक्कासहित ७० रनको अर्धशतकीय इनिङ खेलेका थिए। अर्का ओपनर लहिरु मिलान्थाले २६ तथा गुल्शन झाले २१ रनको योगदान गरे। अनिल साह १६ रनमा अविजित रहँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्।

काठमाडौंका लागि अविनाश बोहराले चार ओभरमा ३२ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै बासिर अहमदले दुई तथा अनिल खरेलले एक विकेट लिए।

काठमाडौंको टिम ढिलो आइपुगेका कारण टस ढिलो हुँदा खेल १७ ओभरमा छोट्याइएको थियो। लुम्बिनी यसअघि नै प्ले अफमा पुगिसकेको छ। काठमाडौं ८ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा छ।

annapurnapost


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन