नेपाल प्रहरीले सञ्चालनमा ल्यायो ‘नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज’कलेज

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाल प्रहरीले ‘नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज’ नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ ।महाराजगञ्जमा बिहीबार अध्यापन सुरु गरिएको नर्सिङ कलेज नेपाल प्रहरीले आफ्नो कल्याणकारी कोषबाट सुरु गरेको जनाएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालनका लागि नर्सिङ कलेजलाई ४० वटा कोटा दिएको नेपाल प्रहरीका प्रवक्ता पोषराज पोख्रेलले जानकारी दिनुभयाे ।

प्रवक्ता पोख्रेलको भनाइ अनुसार यो शैक्षिक सत्रको सीटीइभीटी सम्बन्धन प्राप्त कलेजहरुमा भर्नाको लागि मेरिट लिस्टमा परेका विद्यार्थीहरुलाई सीटीईभीटीको अनुमति लिएर विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरेको छ । कलेजनमा खुला प्रतिस्पर्धाबाट सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूले अध्ययन गर्न पाउनेछन् ।

नेपाल प्रहरी अस्पताल परिसरमा कलेज शुरु गरेको हो । प्रवक्ताको भनाइ अनुसार अस्पताल तीन सय बेड क्षमतमाको रहेको छ । आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततीहरूमध्ये जेहेन्दार १ जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततीहरू एकरएक जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित दिने गरी कार्यविधि निर्माण गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

‘समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज सञ्चालन ल्याईएको हो,’ प्रवक्ता पोख्रेलले भन्नुभयाे ।

कलेजको लागि आवश्यक केही अध्यापक बाहिरबाट र अधिकांश प्रहरी भित्रबाटै रहेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नविनतम् प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउँदै लैजाने गरी शुरु गरेको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयाे ।

यसका साथै नेपाल प्रहरीले जेष्ठ प्रहरी अतिथि गृह भवन पनि सञ्चालनमा ल्याएको । नेपाल प्रहरी कल्याण कोषको आन्तरिक श्रोतबाट निर्मित जेष्ठ अतिथि गृह भवन कुल २ करोड ८३ लाख ९२ हजारमा निर्माण भएको प्रवक्ता पोख्रेलले जानकारी दिए । उक्त तीन तले नवनिर्मित भवनमा १८ जना बस्न सक्ने क्षमता रहेको छ ।

source:-onlinekhabar


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन