fbpx

नेपाल पुलिस क्लबको बिजयी अभियान जारी

author

समाचारपाटी

२ years अगाडि

विभागिय क्लब नेपाल पुलिस क्लबले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला तर्फ बिजयी अभियानलाई जारी राखेको छ । पहिलो दिन नयाँबजार सामाजिक युथ क्लबमाथी जित हात पार्दै ३ अंक जोडेको पुलिसले दोश्रो दिन पनि एभरेष्ट भलिबल क्लब माथी जित निकाल्दै विजयी अभियानलाई निरन्तरता दिएको हो ।

समूह ए मा रहेको पुलिसले एभरेष्टलाई २५–१४, २५–९ र २५–६ को सहज जित निकाल्दै आफ्नो खातामा ६ अंक जोडेको छ ।
यसै समूहमा रहेको साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले नयाँबजार सामाजिक युथ क्लबलाई ३–० सेटमा पराजित गर्दै आफ्नो खातामा महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । न्यू डायमण्डले नयाँबजारमाथी २५–२, २५–८ र २५–६ को सहज जित निकालेको हो ।

नेपाल भलिबल संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको च्याम्पियनसिपको पुरुष तर्फको खेलमा टिप टप हेल्पनेपाल भलिबल क्लबले जित हात पारेको छ । हेल्पनेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–१६, २५–१९ र २५–१६ को सहज सेटमा पराजित गर्दै ३ अंक प्राप्त गर्न सफल भएको हो । यस्तै पुरुषको अर्को खेलमा बागमती प्रदेशको केशवलाल स्मृती प्रतिष्ठानले मधेश प्रदेशलाई २५–२१, २५–२३, २९–२७ र २५–१७ ले पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ ।

आजै भएको अर्को खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मणी मुकुन्द भलिबल क्लबलाई पराजित गर्दै आफुलाई अंक तालिकाको अग्रस्थानमा राखेको छ । आर्मीले मणी मुकुन्दलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गर्दै थप ३ अंक जोडेको हो । यस अघि च्याम्पियनसिपको पहिलो दिन भएको खेलमा पनि सेनाले दावाली मिलन केन्द्रलाई पराजित गर्दै ३ अंक जोडेको थियो । यो संगै सेनाको ६ अंक भएको छ ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर