नेपाल लिटरेचर फेस्टिभलको एक दशक साङ्गीतिक महौलबीच दशौँ संस्करणको सुरुवात

author

समाचारपाटी

२ years अगाडि


पोखरा । नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाण्डौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डाअच्युत वाग्लेले विद्वत्प्रवचन दिनुभयाे।

उहाँले 'नेपाल २०९०' शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिक र सामाजिक नेतृत्वले लिनु पर्ने बाटाबारे चर्चा गरेका थियाे। ''सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी छ। यो मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली र गौरवशाली हुनेछ। जनताको भागमा पर्ने सुखको मात्रा र सुखानुभूति गर्ने आमजनताको सङ्ख्यामा बढोत्तरी हुनेछ। निश्चय नै आशाका किरणहरू पर्याप्त छन्,'' उहाँले भन्नुभयाे।
''अबको एक दशकमा जनसङ्ख्या सवा तीन करोड पुग्ला र मुलुक जनसाङ्ख्यिक लाभको उत्कर्षमा आइपुग्ला। यो अवधिमा त मुलुकको शासकीय बागडोर पक्कै दूरदृष्टियुक्त, सुपठित, योग्य र व्यवस्थापकीय सक्रियता भएका राजनेताहरूको हातमा पर्नेछ,'' उहाँले भन्नुभयाे।

तर, हामीले अपेक्षा गरेका सबै पक्षहरूमा सोचेजस्तै उपलब्धिहरू हासिल भए भनेपनि त्यतिले मात्रै दशकपछिको नेपालको अनुहारलाई भविष्यको कुरा छोडौँ, वर्तमान विश्वकै औसत कोटीका विकसित मुलुकहरूको हाराहारीमा पनि उभ्याउन नसक्ने उहाँको मत थियो।

''संसार जुन गतिमा अगाडि बढिरहेको छ, त्यसको तुलनामा हामी धेरै सुस्त छौँ। नेपाललाई बराबरीको हैसियतमा उभ्याउनकै लागि कुनै पनि मुलुक कुरेर बस्ने छैन, हामी आफै उनीहरूलाई भेट्टाउन दोहोरो गतिमा दौडिन सक्नुपर्छ।'' कार्यक्रमको सुरुवातमा नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे। उहाँले अतिथि एवम् सहभागीहरूलाई स्वागत तथा धन्यवाद व्यक्त गर्नुभयाे।

उहाँले भन्नुभयाे,''सन् २०११ मा सुरु भएको फेस्टिभलले एक दशक लामो यात्रा तय गरेको छ। यस क्रममा सहयोग पुर्‍याउने सबैप्रति म आभारी छु। वर्ष बित्दै जाँदा यस फेस्टिभलको महत्त्व एक पर्वको रूपमा बढ्दै जाँदा निकै भावुक महसुस हुन्छ।''

उहाँले गण्डकी प्रदेश, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानलगायत सरोकारवाला निकायहरूले फेस्टिभल प्रति अपनत्व ग्रहण गरिदिए यस कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन सकिने बताउनुभयाे।

नीरज भारीले इङ्गित गरेको साथ तथा सहयोगप्रति सकारात्मक प्रतिक्रिया जनाउनुभयाे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिनुभयाे र आफूहरू सधैँ साथ दिन तयार रहेको बताउनुभयाे। '' पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर पाएको छ। यसको निरन्तरता यहीँ हुनुपर्छ र सबै
पोखरेलीहरूले यसलाई सम्बोधन गर्नुपर्छ,''आचार्यले भन्नुभयाे।

प्रमुख अतिथि रहनुभएका उहाँले यसअघिका फेस्टिभलमा प्रदीप गिरिहरूजस्ता वक्ताहरूले दिएको भाषण र संवादलाई पनि सम्झिनुभयाे। उहाँले भन्नुभयाे,''प्रदीप गिरिजस्ता नेताहरूको सदन, समाज र साहित्यिक क्षेत्र सबैतिर आवश्यकता छ।''
त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पनि यस साहित्यिक महोत्सवको महत्त्वबारे चर्चा गर्नुभयाे। गण्डकीको भाषा, संस्कृतिको प्रवर्द्धन तथा उत्थानका लागि बुकवर्म फाउन्डेशनसँगको सहकार्यलाई निरन्तरता दिने बताउनुभयाे। उहाँले भन्नुभयाे,''गण्डकीको प्रज्ञा प्रतिष्ठान यस कार्यक्रमसँग सधैँ हातेमालो गर्ने प्रतिबद्धता जनाउँछु।''

पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग ''घरबाट स्कुलसम्म'' शीर्षकमा फिशटेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गर्नुभयाे। उहाँहरूले बालबालिकाको विकासक्रममा अपनाउनु पर्ने संवेदनशीलतालगायत विविध पक्षहरूबारे अन्तर्क्रिया गर्नुभएकाे थियाे।

एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डा. दाहालको भनाई छ। उहाँले एउटै विद्यालयमा फरक तरिकाले सिकाइ विधि अपनाउँदा विद्यालयबाटै वर्गीय उत्पादन भइरहेको बताउनुभयाे।

सरकारी नियमन, मापदण्ड नबनाइदिँदा अहिले स्कुल नै वर्गीय उत्पादन हुने देखिन्छ। सिकाइको खाडल त्यहीबाट सुरु भएको देखिन्छ,’ डा दाहाल भन्नुहुन्छ, ‘निजी विद्यालयको सिको गरेर अङ्ग्रेजी बनाउने,प्रवेश परीक्षा लिनुपर्ने गर्न थालेका छन् । यो एकदमै विभेद छ, वर्गीकरण छ ।’

कार्यक्रममा वरिष्ठ सङ्गीतकार गोपाल योञ्जनका गीतहरूको साङ्गीतिक प्रस्तुतिसमेत भयो। उक्त कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गर्नुभयाे। त्यस्तै उज्ज्वल सागर, बानिका प्रधानलगायत गायकहरूले उहाँको गीत गाउनुभयाे। फाइनप्रिन्टद्वारा प्रकाशित गोपाल योञ्जनका गीतहरूको सङ्ग्रह गोपालय समेत उक्त कार्यक्रममा लोकार्पण
गरिएकाे छ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन