पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै

author

समाचारपाटी

१ year अगाडि

पोखरा  । आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् ।

नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणका लागि रोटरीले पुर्ण रुपमा सहयोग गर्ने भएको हो । सोमबार पोखरामा आयोजित रोटरीहर सँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका रोटरीयनहरुले आर्थिक देखि भौतिक रुपमै उपस्थित भएर म्याराथनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । रोटरी डिस्ट्रिक्ट ३२९२ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहप्रायोजक समेत हो ।

सो अवसरमा बोल्दै डिस्ट्रिक्ट गर्भनर ३२९२ नोमिनी विनोद कोइरालाले म्याराथनलाई सफल बनाउन रोटरी डिस्ट्रीक देखि रोटरी क्लबहरुको समेत उल्लेख्य सहभागिता रहने बताएका छन् । उहाँले प्रतियोगिता अन्तर्गत ह्विलचियर र दृष्टिविहिन दौडका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

रोटरीयनहरुले सफल पोखरा म्याराथनको ‘रनफर फन’मा समेत भाग लिएर उत्साह थप्ने जनाउँदै पोखरामा हुने रोटरीयनहरुको सम्मेलनलाई समेत म्याराथनकै अवसर छोपेर सँगैको मितिमा गरेको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे–“दौडनु स्वास्थ्यका लागि समेत् उत्तिकै अपरिहार्य छ । त्यसैले पनि रोटरीले देशव्यापी रुपमा म्याराथनका प्रतियोगिता आयोजना गर्दैछ । यो स्वास्थ्यलाई सवल बनाउनृ अभियानमा सबै रोटरीयनहरु जोडिनेछन् ।” फागनु ५ गते पोखरा आउने देशभरीका रोटरीयनहरु समेत म्याराथनमा सहभागि हुने जनाउँदै उहाँले रोटरी क्लबहरुलाई स्वयमसेवकको रुपमा काम गर्नका लागि आह्वान समेत गर्नुभयाे ।  

रोटीरीका एसिस्टेन्ट गर्भनर जयराम पौडेलले आफु आबद्ध रोटरीसँग अन्य संघलाई समेत म्याराथनसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे । अर्का एसिस्टेन्ट गर्भनर इश्वर कर्माचार्यले रोटरी क्लबका लागि आवश्यक पर्ने टिसर्टको लागि सहयोग गर्ने सुनाउनुभयाे । उहाँले म्याराथनसँग जोडिदै टिसर्टको खर्च रोटरीले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । यस्तै रोटरियन किशान सुनारले प्राविधिक रुपमा क्यामेरा र ड्रोन उडाएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

पोखरा म्याराथन आयोजक संस्थाका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथन म्याराथनको आधिकारीक निकायसँग जोडिदै अन्तर्राष्ट्रिय जगतमा पुगिरहँदा रोटरीसँगको सहकार्यले त्यसलाई थप आकर्षित गरेको बताए । रोटरी मार्फत जाँदा समेत अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान हुने उहाँले सुनाउनुभयाे ।

निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनसँग रोटरी आगामी तीन वर्षका लागि सुरुमा जोडिएको बताउनुभयाे । म्याराथनको बारेमा प्रस्तुति दिदैँ गुरुङले म्याराथनमा ठूलो मात्रामा रोटरीयनहरुको सहभागिता हुनेमा आशावादी रहेको उहाँको भनाई छ  ।

मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मातृभूमिका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गरिरहँदा खेलाडीहरुको संस्थासँग जोडिएर पुनः अर्को योगदान गरेकोमा खुसी व्यक्त गर्नुभयाे । उहाँले सबैले राष्ट्रको विकासका लागि काम गरिरहँदा खेलकुदमा समेत जोडिनु सुखद् पक्ष रहेको सुनाउनुभयाे । पोखरा म्याराथन गुणस्तरमा अघि बढिरहँदा आउने चुनौतीहरुमा रोटरीको साथले राहत मिलेको बताउनुभयाे ।  


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

२०.२४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान