fbpx

नेलम्बो नेपालको निःशुल्क दन्त शिविर सम्पन्न

author

समाचारपाटी

१ year अगाडि


पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले पोखरा महानगर पालिका वडा नं. १४ मझेरीपाटनमा रहेको श्री सहिद स्मृति आवासीय विद्यालयमा ४ दिन सम्म निःशुल्क दन्त शिविर सञ्चालन गरी औषधी उपचार गरेको छ । उक्त विद्यालयमा द्धन्द पीडित, सहित परिवार, १० वर्षे जनयुद्धमा बाबु आमा गुमाएका बाल बञ्चा, विभिन्न दैविक प्रकोपबाट बाबु आमा गुमाएका विपन्न परिवारका वाल बच्चाहरु अध्ययन गर्ने गर्दछन् । नेलम्बो नेपालको मोवाइल डेण्टल भेन मार्फत उक्त सेवा प्रदान गरिएको हो । नेलम्बो नेपालसँग अत्याधुनिक सुविधा सम्पन्न मोवाइल डेण्टल भेन रहेको र उक्त भेन मार्फत घुम्ति दन्त सेवा प्रदान गरेको छ ।

संस्थाले ४ दिनमा ३९७ जनाको दन्त परीक्षण गरेको छ । उक्त शिविरमा दाँत सफा गर्ने ८१, दाँत भर्ने १०२, दाँत निकाल्ने ३२, दाँतको जरै देखि उपचार ४, दाँतको एक्सरे ३५ र विद्यार्थिहरुलाई मुख तथा दन्त रोग सम्बन्धी सचेतना मूलक कार्यक्रम गरिएको थियो । दन्त शिविरमा पोखरा महानगर पालिका वडा नं. १४ का अध्यक्ष बोध बहादुर कार्कीले नेलम्बो नेपालले सञ्चालन गरेको दन्त शिविर आफुले देखे भोगेको शिविरहरु भन्दा उत्कृष्ट रहेको बताउनु भयो । उहाँले नेलम्बो नेपालले कोभिड १९ को समयमा पनि स्वास्थ्य सामग्रीहरु तथा खाद्यान्यका सामग्रहिरु सहयोग गरी नेलम्बो नेपाल सम्पूर्ण कस्केली जनताको माझमा बस्न सफल भएको बताउनु भउो । त्यसै गरी विद्यालय प्रधानाध्यापक कल्पना चिलवालले नेलम्बो नेपालले गरिब दिन दुखी अध्ययन गर्ने यस विद्यालयमा मुख तथा दाँतको महङ्गो उपचार प्रदान गर्नु भएकोमा आभार व्यक्त गर्नु भयो ।

विपन्न परिवारका वालबच्चाहरु अध्ययन गर्ने र उपचारको लागि पैसा नहुने अवस्थामा नेलम्बो नेपालको सहयोग अतुलनीय रहेको पनि बताउनु भयो । उक्त कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापक मोना गिरीले सम्पूर्ण अतिथिहरुलाई स्वागत तथा धन्यवाद मन्तव्य राख्नु भएको थियो । उक्त निःशुल्क दन्त शिविरमा नेलम्बो नेपालका डेण्टल सर्जन डा. सिजन मर्सानीको नेतृत्वमा ८ जनाको टोली संलग्न रहेको थियो । नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारील उक्त शिविरमा भएका सम्पूर्ण क्रियाकलापहरुको जानकारी प्रस्तुत गर्नु भएको थियो ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक