fbpx

आजदेखि नवरात्र सुरु,बागलुङ कालिका मन्दिरमा विशेष पूजाआराधना

author

समाचारपाटी

१ year अगाडि

बागलुङ । आजदेखि नवरात्र सुरु भएको छ। चैतेदशैं समेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ।आश्विन शुक्ल पक्षमा पर्ने दशैं अर्थात् बडादशैं जति भव्य रुपमा नमनाइए पनि चैतेदशैंमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ। 

असोजमा पर्ने नवरात्रमा जस्तै चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइने गरिन्छ। चैतेदशैंका अवसरमा कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरू मन्दिरमा पुग्ने गर्छन्। 

गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिर दर्शन गर्दा मनले आँटेका सबै कुरा पूरा हुन्छ भन्ने विश्वासका साथ मन्दिर दर्शनार्थी आउने गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयाे। 

नवरात्रको अघिल्लो दिन मंगलबार मन्दिर परिसर सरसफाइ गरिएको छ। परिसरमा रहेका सत्तल, मठ र अन्य ससाना मन्दिरहरूसमेत चिटिक्क पारिएको छ। 

नवरात्रको समयमा हुने भिड र पूजा व्यवस्थापनका लागि गुठीका कर्मचारी परिचालन गरिने खड्काले बताउनुभयाे। सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीको सहायता लिइने उहाँले जानकारी दिनुभयाे। 

चैतेदशैंका सन्दर्भ पारेर गुठीले मेलाको समेत आयोजना गरेको छ। मेला चैतको १३ गतेदेखि सुरु हुनेछ। मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी २० लाख पर्यटक बागलुङ भित्र्याउने लक्ष्य गुठीको छ। 

विगतमा चैत्राष्टमी मेला वस्तु विनिमयको केन्द्र पनि थियो। बागलुङमा उत्पादन भएका कृषि तथा हस्तकलाका सामग्री, भेडाको ऊनबाट निर्मित राडी–पाखी घुमलगायतका वस्तुहरूमा मेलामा राखिन्थ्यो।

तराईबाट मसलालगायत अन्य वस्तुहरू ल्याएर सामग्रीहरू एकापसमा साटासाट गरेर मेलामा आफूलाई आवश्यक पर्ने वस्तुको जोहो गर्ने चलन थियो। लामो समयदेखि स्वतःस्फुर्त रुपमा चैतेदशैंको समयमा लाग्दै आएको मेला केही वर्षयता गुठीले औपचारिक कार्यक्रमको आयोजना गर्दै आएको छ। 

चैतेदशैं मेला बागलुङको मुख्य पहिचान र अवसर पनि हो। यो बेला बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि देश विदेशबाट श्रद्धालु भक्तजन आउने गर्छन्। 

कोरोना महामारीका कारण बितेका केही वर्ष हुन नसकेको मेला यसपटक भव्य रुपमा सञ्चालन गर्न लागिएको खड्का बताउनुहुन्छ। मेलाको अवसरमा राष्ट्रिय लोकदोहोरी, कालिका कप खुला पुरुष भलिबल, राष्ट्रिय लोक भजन र छेलो फाल्ने प्रतियोगिताको आयोजना गरिएको छ। 

मेलामा घरेलु तथा हस्तकलाका सामग्रीसँगै फेन्सी तथा होटल रेष्टुराँका कक्षहरू पनि राखिनेछन्। बागलुङ कालिका मन्दिर अहिले बागलुङको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ। 

बागलुङ कालिका मन्दिर, लामो झोलुंगे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयलाई प्याकेजका रुपमा अगाडि बढाउन सके यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण हुने पर्यटन व्यवसायीहरू बताउँछन्।

रासस


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक