fbpx

सांस्कृतिक संस्थानमा राष्ट्रिय एकता दिवसमा विशेष कार्यक्रम

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले विविध सांस्कृतिक कार्यक्रम गर्दै ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । विगतमा झैं यसपटक पनि पृथ्वीजयन्तीको अबसरमा संस्थानमा बुधबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा संस्थानका कलाकारहरूले राष्ट्रिय भाव, एकता र वीरताका गीतसहित लोकनृत्यहरू प्रस्तुत गरेको हो ।

कार्यक्रममा पूर्वसंस्कृतिमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपालको एकीकरण र अस्तित्वमा पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको बताउनुभएकाे थियाे । ‘हामीले पृथ्वीनारायण शाहलाई कुनै राजा महाराजाका रूपमा होइन, देश निर्माण गर्ने अभियन्ता र सांस्कृतिक एकताका सूत्रधारका रूपमा पुस २७ लाई एकता दिवसका रूपमा मनाएका हौं’, पूर्वमन्त्री भट्टराईले भन्नुभयाे, ‘नेपालको अस्तित्व कायम हुनुमा पृथ्वीनारायण शाहको ठूलो देन छ ।’ कार्यक्रममा पूर्वमन्त्री भट्टराईले सांस्कृतिक संस्थानको पछिल्लो कार्यहरूको प्रसंसा गदैं अब नयाँ पुस्तामा पनि सांस्कृतिक चेतना पुर्याउन जरुरी रहेको बताउनुभएकाे थियाे ।

संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले मुलुकको पर्यटन विकासमा संस्कृति र प्रकृतिको महत्वपूर्ण योगदान रहने बताउनुभयाे । ‘लोकसंस्कृति र सांस्कृतिक विविधताका कारण संसारमा हामी चिनिएका छौं’, महाप्रबन्धक राईले भन्नुभयाे, ‘मौलिक संस्कृतिको संरक्षणका लागि राज्यले समयमै ध्यान दिन जरुरी छ ।’

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिब बुद्धिसागर लामिछाने, नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगतप्रसाद उपाध्यायलगायतले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै संस्कृति प्रवद्र्धनमा सांस्कृतिक संस्थानको योगदानबारे आफ्नो भनाइ राख्नुभएकाे थियाे ।

कार्यक्रममा तीर्थराज पोखरेल, शिला विष्ट, दीपेन्द्र बज्राचार्य, विपिन घिमिरे, दुर्गा परियारलगायतले ‘जहाँ सुनका बाला’, ‘यही हो नेपाल’, ‘डर छैन देशका लागि’जस्ता विभिन्न गीत प्रस्तुत गरे । उनीहरूलाई बाद्यवादनमा खर्कबहादुर बुढा, नरसिंहलाल श्रेष्ठ, दुर्गाप्रसाद खतिवडा, रोहित सुवेदी, सीतामैयाँ राजचल, नरेश प्रजापति, लोकराज राई, अनुप दास, तेजु श्रेष्ठलगायतले साथ दिएका थिए ।

कार्यक्रममा मनोज जोशी, मदन थापा, रेखा श्रेष्ठ, शवनम सिलवाल, माया थापा, सुशीला थापा, गीता थापा, बिना विक, सनम खड्गी, नवीन गुरुङ, मनीष कार्की, सिद्धार्थ सिलवाल, अक्कलबहादुर पाख्रिन, सुरभी मगर, सुमिना मगर, बाबु सेन्चुरी, केशरबहादुर पुर्जालगायत नृत्य कलाकारले सोरठी, साकेला, धिमे, झाँगड, सखिया, ट्याकुरी, छलियाजस्ता मौलिक नृत्य प्रस्तुत गरी सांस्कृतिक विविधताको सन्देश दिए । नृत्यको संयोजन शारदा सिलवाल र केशवराज राईले गर्नुभएकाे थियाे ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक