fbpx

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्न सांसद शेरबहादुर कुँवरको आग्रह

author

समाचारपाटी

१२ महिना अगाडि


नेकपा(एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले सर्वोच्च अदालतले रोक लगाएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम यथाशिघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।


बुधवारको प्रतिनिधि सभा बैठककमा बोल्दै सांसद कुँवरले सांसदहरुले विकास निर्माणको काम गर्न पाउनुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचनमा जाँदाखेरी सांसदहरुले जनताको विचमा विभिन्न प्रतिवद्धताहरु गरेको हुने भन्दै अहिले सांसदहरुलाई विकास गर्न नपाउने भनेर हात बाँधिएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोकेर संसदलाई अपमान र सांसदहरुलाई अपहेलित गरेको बताउनु भयो । उहाँले अदालतले संसदको अधिकार कटौती गरेको बताउनु भयो । उहाँले सो कार्यक्रम यथाशिघ्र सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘निर्वाचनमा जाँदाखेरी पनि जनताको बीचमा प्रतिवद्धता जनाएका थियौँ । यि कामहरु गर्नसक्छौँ भनेर । तर हामी सांसदहरुलाई हात बाँधेर विकास पनि गर्न नपाउने, विकास निर्माणका लागि माग पनि राख्न नपाउने तर बजेट चाहीँ हामीले पास गर्नुपर्ने । हामीले पास गर्नुपर्ने बजेटमा त्यसको स्वामित्व संसदले लिन पाउने कि नपाउने ? सांसदहरुले त्यसको अधिकारको लागि बोल्न पाउने कि नपाउने ? त्यसकारण निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोकिएको छ । यथाशिघ्र सञ्चालन गर्नका लागि, कार्यान्वयन गर्नका लागि सरकारले पहल गरोस् ।’सांसद कुँवरले संसद शक्तिशाली भएको देशमा सरकार पनि शक्तिशाली हुने भन्दै नेपालमा भने सांसद र संसदीय व्यवस्थालाई अपमान गर्ने होडबाजी चलेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन