चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

नेपाली चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलरसार्वजनिक भएको हो । चलचित्र फागुन ११ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । कार्यक्रममा बोल्दै निर्देशक मिलन च्याम्सले कलाकार सबै बराबर भएकाले सानो कलाकार भनेर कसैले हेप्न नहुने बताउनु भयो । उहाँले सानो कलाकारको सहयोग बिना कुनैपनिप कलाकार सुपरस्टार बन्न नसक्ने बताउनु भयो । सिनेमाले देशका सुरक्षा फोर्समा काम गर्ने सुरक्षाकर्मीलाई युद्ध कसरी गर्ने ? भनेर पनि सिकाउने बताउनु भयो । उहाँले यस सिनेमाले साँच्चिकै कसरी युद्ध गर्ने भन्नेकुरा सिकाउने बताउनु भयो । 

फिल्ममा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रश्तुत गरिएको छ । यो फिल्म वास्तवितक घटनामा आधारित रहेको बताइएको छ । नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ । लण्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन् ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन