मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने,ट्यालेण्ट राउण्ड सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा । मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिनुभयो । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको फाइनलमा १६ सहभागीले प्रतिस्पर्धा गर्नेछन् ।

सातौं संस्करण प्रतियोगिता अन्तरगत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतिभा प्रस्फुटन राउण्डमा सहभागिहरुले बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरका थिए । जस अन्र्तगत लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्गले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । जुना तामाङ्ग र निशा तामाङ्गले भाषण कला, विकिता तामाङ्गले हस्तकला प्रस्तुत गरेका थिए । सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग र आकृति तामाङ्गले गजल तथा कविता प्रस्तुत गरेका थिए । विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग, रोश्मा तामाङ्गले साँस्कृतिक नृत्य तथा प्रिती तामाङ्गले तामाङ्ग गाउँका बारेमा प्रस्तुती दिएका थिए । ट्यालेण्ट राउण्डको निर्णायकहरुमा गीतकार तीर्थ तामाङ्ग, मिस तामाङ्ग पोखराका पूर्व विजेता दिप्ती तामाङ्ग, निमा तामाङ्ग रहेका थिए ।

सहभागिहरुलाई विभिन्न विधामा तालिम प्रदान गरिएको कार्यक्रम संयोजक राम लामाले जानकारी दिनुभएको छ । तामाङ्ग भाषा तथा संस्कृति देखि व्यक्तित्व विकास सम्मका तालिम सहभागिहरुलाई प्रदान गरिएको छ । समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ्ग घेदुङ्ग कास्कीका अध्यक्ष भक्त तामाङ्ग, गीतकार तथा ट्यालेण्ट राउण्डका प्रमुख निर्णायक तीर्थ तामाङ्ग, कार्यक्रम संयोजक राम लामा, मिस तामाङ्ग पोखराका पूर्व विजेता निमा तामाङ्ग लगायतले बोलेका थिए ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन