fbpx

‘एमसीसी परियोजना लागू हुन दिन्नौं’:- सिपी गजुरेल

author

समाचारपाटी

९ महिना अगाडि

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ । 

नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि आफूहरुले त्यसलाई लागू हुन नदिने चेतावनी दिनुभएको हो । शनिबार काठमाडौंमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको बिरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गर्नु भयो । नेता गजुरेलले श्रीलंका सरकारले पनि संसदबाट पारित भएपछि एमसीसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गर्नुभयो । उहाँले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताउनु भयो । 

नेता गजुरेलले भन्नुभयो, ‘अब यो लागू गर्ने चरणमा गएको छ । र, अहिले हामीले जे गर्न खाजेको छौं । त्यो के हो भने अब सम्झौता खारेज गर्न त सक्कियो । हामीले प्रयास गर्यौ, सकेनौं । सम्झौता त संसदबाट पास गरे । तर अहिले आएर उनीहरुले गर्न खोजेको के हो भने अव लागू गर्ने चरणमा छन उनीहरु । उनीहरुको वक्तव्यबाट के थाहा भएको छ भने यो आगामी १४ गते ठाउँ ठाउँमा उनीहरुले लागू गर्दैछन । उनीहरुले सेन्टरहरु लागू गर्ने भनेर ठाउँठाउँमा योजना बनाएका छन् । र, यो परियोजनालाई लागू गर्ने उनीहरुले डेट फिक्स गरेका छन् । र, हामीले त्यसैलाई लक्षित गरेको हो । आज यो कार्यक्रम त्यसैका लागि हो । किनभने पार्लियामेन्टबाट पास गरेको कुरालाई अब हामीले पास गरेको होइन भन्ने त होइन ? जसरी भएपनि पनि पास त भयो । तर त्यतिमात्रै अन्तिम होइन । अब यो पास भइसक्यो, उल्टिँदैन भन्ने कुरा सत्य होइन । कुरा के हो भने उनीहरुले त्यहाँ पारित गरेपनि अब यहाँको सरकारले चाहीँ लागू गर्न पाउँदिन भन्ने अधिकार सरकारलाई छ । लागू नगर्ने अधिकार नेपाली जनतालाई छ । त्यसकारण हामीले त्यो अधिकारलाई प्रयोग गर्दै अहिले हामीले गर्न खोजेको के हो भने त्यो संसदबाट जनतालाई धोका लिएर गरिएको सम्झौता कार्यान्वयन हुन दिँदैनौं । त्यसलाई हामीले अस्विकार गर्छौं । र, त्यसलाई खारेज गर्नुपर्छ भन्ने अधिकार नेपाली जनतालाई छ ।’

नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँठाउँमा बिरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गर्नुभयो ।


काठमाडौं

आइतवार, जेष्ठ ६, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन