fbpx

बन्द तिङ्कर नाका खुलाउन माग गर्दै प्रधानमन्त्री लाई ज्ञापन पत्र

author

समाचारपाटी

१ year अगाडि

दार्चुला । दार्चुलाका जनप्रतिनिधिले कोरोनाकालदेखि बन्द तिङ्कर नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवर, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे, सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य गेल्बुसिंह बोहरा लगायतको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

तिङ्कर नाका सञ्चालनको मागका साथै तिङ्कर सडकमा थप बजेट विनियोजन गर्नुपर्ने र व्यास गाउँपालिकाको समग्र विकासका लागि सरकारले ध्यान दिनुपर्ने मागसहित ज्ञापन पत्र बुझाइएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो।

दार्चुलाको तिङ्कर नाका भएर सदियौँदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द छ । तिङ्कर नाका सञ्चालन नहुँदा दार्चुलाको व्यास क्षेत्रका बसोबास गर्नेहरुको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ।

तिङ्कर नाकाबाट पवित्र कैलाश मानसरोवर यात्रा गराउन सस्तो र समय कम लाग्ने भएकाले तत्काल तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गर्न समेत जनप्रतिनिधिको माग रहेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई देखाउँदै चीनले नेपालसँगको अन्य सीमा नाका पनि बन्द गरेको छ । रसुवागढी नाका भने तीन वर्षपछि हिजोदेखि पूर्ण रुपमा खुलेको छ।

यस्तै, बन्द रहेको तातोपानी नाका पनि आउँदो वैशाख १८ गतेदेखि खुलाउने तयारी छ ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक