fbpx

गीतकार देवेन्द्र केसीका दुई कृति ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण

author

समाचारपाटी

१ year अगाडि

पोखरा । कवि तथा गीतकार देवेन्द्र केसी देवुका पछिल्ला दुई कृतिको पोखरामा शुक्रवार एक समारोह बीच लोकार्पण भएकाे छ । वरिष्ठ संगीतकार शक्ति बल्लभ, वरिष्ठ साहित्यकार सरुभक्त र वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले संयुक्तरूपमा उक्त कृतिको लोकार्पण गर्नुभएकाे हाे ।

प्रमुख अतिथि वरिष्ठ संगीतकार शक्ति बल्लभले केसीका सिर्जनासँग जोडिएपछि आफूलाई धेरै पहिला उहाँसँग जोडिनुपर्ने अनुभूति भएको बताउनुभयाे । उहाँले केसीका सिर्जना आफूले फेला पारेपछि संगीतका माध्यमबाटै जवाफ दिने गरेको बताउनुभयाे ।

पोखरा आगमन सन्दर्भमा बोल्दै बल्लभले कार्यक्रमका हिसाबले पोखरा आगमन यो तेस्रो भएको बताउनुभयाे । पहिलो पटक म्यूजिक नेपालले पोखरामा आयोजना गरेको कार्यक्रममा अली मियाँ र ईश्वर बल्लभसँगै रहेको स्मरण गर्दै पोखरालाई साहित्यको राजधानीका रूपमा चित्रण गर्नुभयाे । अनेसासको सम्मानप्रति आभार व्यक्त गर्दै उहाँले आफू पूर्वको मान्छे भएर पनि प्रिय भूमि पोखरा रहेको बताउनुभयाे।

सोही समारोहबीच अनेसास गण्डकी समितिकातर्फबाट संगीतकार बल्लभलाई नेपाली सुगम संगीतका क्षेत्रमा पाँच दशक साधना गरी पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । सरुभक्त, हरिदेवी र कृष्णप्रसाद बास्तोलाले संयुक्तरूपमा सम्मान अर्पण गर्नुभएकाे थियाे ।

अतिथि सरुभक्तले केसीलाई लामो समयदेखि नजिकैबाट चिनेको बताउँदै समकालीन नेपाली समाजको चित्रण नै देवेन्द्रका सिर्जना र मुक्तकका विषयवस्तु भएको बताउनुभयाे । हरिदेवी कोइरालाले केसीलाई व्यस्त जीवनको परिपाठ मिलाउँदै राष्ट्रसेवकसँगै साहित्यसेवकका रूपमा अगाडि बढेको सफल र असल प्रतिभाकारूपमा चिनाउनुभयाे ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले आफ्ना अनुभव र अनुभूतिलाई लिपिबद्ध गराएर राज्यमा सुव्यवस्था कायम गर्न लेखन अनिवार्य भएको बताउनुभयाे । कृतिको समीक्षा गर्दै घनेन्द्र ओझाले छ सातवर्षदेखि सिर्जनाका माध्यमबाट देवुलाई चिन्दै आएको र उहाँको साहित्य लेखनको पहिलो कडी इमान भएको बताउनुभयाे । कृति सम्पादनका सम्बन्धमा बताउँदै उहाँले अव्यक्त पीडा भित्र केसीका हजारौंमध्येका उत्कृष्ट मुक्तक भएको बताउनुभयाे । स्रष्टाको परिचयसमेत दिँदै ओझाले कास्कीको भलाममा जन्मेका केसीका यस अघि यसरी पोखियो मन, परेलीभित्रै छु कवितासङ्ग्रह, मनको पहिरो, इमानको पहाड मुक्तकसङ्ग्रह र यो जुनीमा यस्तै भयो गीतिएल्बम प्रकाशित गरिसकेका सिर्जनशील स्रष्टा भएको धारणा व्यक्त गर्नुभयाे ।

कृतिका स्रष्टा केसीले सधैं आफूले काठमाडौंमा मात्र कार्यक्रम गर्ने भनेर आफ्ना जन्मभूमिवासीको स्नेहले यस पटक पोखरामा कार्यक्रम आयोजना गरेको बताउनुभयाे । आफ्ना जागिरे तथा व्यक्तिगत जीवनका विविध अध्याय र आयामको स्मरण गर्दै समय–समय भावुकसमेत भएका केसीले दाजुभाइको बाल्यकालीन स्नेहसमेत स्मरण गर्नुभयाे । साथै, अनेसास र हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषले यो बन्दोबस्तो मिलाएकोमा आभार पनि व्यक्त गर्नुभयाे ।

कार्यक्रममा रामभक्त जोजिजु, कर्ण दास र नवीन कार्कीले दोषी नजर भित्रका गीत गायन, सावित्री गिरी र वसन्त विनोदले कृतिभित्रका मुक्तकवाचन गर्नुभएकाे थियाे । समाजसेवी रमेशबहादुर भट्टराई, साइभक्त मोहन केसीलगायतले देवेन्द्रका विविध व्यक्तित्व र आयामका बारेमा आयामबारे चर्चा गर्नुभयाे ।

अध्यक्षको आसनबाट बोल्दै कृष्ण बास्तोलाले हरिदेवी कोइराला एकल सांगीतिका साँझबाट स्थापना भएको संस्थाले स्रष्टा सम्मान, कृति लोकार्पण जस्ता कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयाे । अनेसास उपाध्यक्ष दुर्गा न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा महासचिव असफल गौतमले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक