fbpx

पोखरा जनप्रिय बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको पदस्थापना

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखराको जनप्रिय बहुमुखी क्याम्पसले सहायक क्याम्पस प्रमुखमा मेखराज पौडेल र रमेशबहादुर खड्कालाई नियुक्त गर्दै शुक्रबार पदस्थापना गरेको छ । प्रमुख अतिथि तारा गिरीले खादा र सम्मानार्थ संरक्षक रामप्रसाद बस्ताकोटीले अविर लगाएर क्याम्पस प्रमुखद्वय पौडेल र खड्कालाई कार्यकक्षमा राखी नियुक्तिपत्र दिएर पदस्थापन गराउनुभएकाे थियाे ।

पदस्थापन कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले नवनियुक्त सहायक क्याम्पस प्रमखद्वयलाई शैक्षिक कार्यक्रम सुधारका लागि दत्तचित्तले लाग्न र क्याम्पसलाई सधैं केन्दमा राखेर यसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न आग्रह गर्नुभयाे । कसैको दवाव र प्रभावमा नपरी विद्यार्थी र अभिभावकलाई गुणस्तरीय शिक्षाको प्रत्याभूति दिएर क्याम्पसको साख उचो राख्नु नै बधाई र शुभकामना हो भने । सम्मानार्थ संरक्षक तथा समितिका सदस्य रामप्रसाद बस्ताकोटीले शुभकामना मन्तव्य दिँदै क्याम्पसको हितमा काम गर्नेहरू कहिल्यै पछि नपर्ने बताउनुभयाे ।

पदभार ग्रहण गर्दै सहायक क्याम्पस प्रमुख मेखराज पौडेलले खस्कँदो नतिजालाई उकास्न विद्यार्थी उत्तीर्ण प्रतिशतलाई वृद्धि गर्दै न्युन सहभागिता रहेको आन्तरिक परीक्षालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयाे । अर्थशास्त्रका एमफिल रमेशबहादुर खड्काले क्याम्पसको शैक्षिक तथा प्रशासनिक स्तरवृद्धिका लागि आफ्नो सक्रियता र सकारात्मक भूमिकालाई प्रभावकारी बनाउँदै बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।

क्याम्पस सञ्चालक समितिको यही मङ्सिर १५ गते बसेको बैठकको निर्णय र क्याम्पस सञ्चालन सम्बन्धी नियमावली २०५४को सातौं संशोधन २०७६ को नियम ११ अनुसार सहायक क्याम्पस प्रमुख नियुक्त गरिएको हो । सहायक क्याम्पस प्रमुख दुवैको कार्यकाल दुई वर्षको तोकिएको छ । पौडेल विहानी सत्र र खड्का दिवा सत्रका लागि सहायक क्याम्पस प्रमुखमा नियुक्त हुनुभएकाे हाे ।

क्याम्पस प्रमुख लोकराज भण्डारीको सभापतित्वमा सम्पन्न पदस्थापन कार्यक्रमको सञ्चालन उपप्रशासक एकनारायण अर्यालले गर्नुभएकाे थियाे भने सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन