उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदुतद्वारा कमलविनायक–नगरकोट सडक अनुगमन

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदुतद्वारा कमलविनायक–नगरकोट सडक अनुगमन
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवसहितको टोलीले भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गरेको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवसहितको टोलीले भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गरेको छ ।
बिहीवार मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदुत श्रीवास्तवसहितको टोलिले उक्त सडकखण्डको स्थलगत अनुगमन गरेको हो । स्थलगत अनुगमन पश्चात पत्रकारसँग प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले सडक निर्माणमा ढिलाइ भएको विषयमा निर्माण कम्पनीसँग स्पष्टीकरण माग्नुभयो । उहाँले निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म सबै काम सम्पन्न गर्न निर्देशन पनि दिनुभयो । उहाँले ठेकेदारको उपेक्षाको कारण कमलविनायक–नगरकोट सडक मर्मत अलपत्र परेको भन्दै अब सरकारले नसहने बताउनु भयो ।

उहाँले ठेकदार कम्पनीलाई कालोसूचिमा राखेर मात्रै समस्या समाधान नहुने बताउनु भयो । उहाँले नेपालको सडकहरुको हालको अवस्था देख्दा मलाई धेरै दुख लाग्ने बताउनु भयो । उहाँले नेपालको विभिन्न प्रकारको भुगोललाई जोड्ने मुख्य आधार भनेको सडक पूर्वाधार नै भएको बताउनु भयो । उहाँले सरकारले सडक बाहेक रेल,केवलकार जडानमा वृद्धि गर्ने ,काठमाडौं भित्र मेट्रो रेल जोड्ने र हवाई उडान सेवा बढाउने प्रयास गरिरहेको बताउनु भयो । उहाँले अब सडक निर्माणको काम समयमा नै निर्माण सम्पन्न गर्न र सुधार गर्न मन्त्रालयले नेतृत्व लिने बताउनु भयो । उहाँले सडक बनाउने ठेकेदारको कुनै सम्बन्धसँग सरोकार नभएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीसँग जे सम्बन्ध भएपनि हामीलाई सम्बन्ध नभएर काम गर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री आफैँ माथि पनि अन्याय भइरहेको बताउनु भयो । उहाँले निर्माण कम्पनीले भक्तपुर–नगरकोट सडकको निर्माणमा उपेक्षा गरेको बताउँदै यसै गरी अल्झाउने, काम सम्पन्न नगर्ने र समयमै गुणस्तरीय काम गरेर हस्तान्तरण नगरे अब थप समय नदिने उनले बताउनु भयो ।

मन्त्री श्रेष्ठले योे सडक निर्माण सात पटक म्याद थप भइसकेको र बीचमा क्रसर उद्योगको समस्या आएकाले गत जनवरीमा एक महिना थप समय दिएको भन्दै अब कुनैपनि बाहनामा समय थप नहुने बताउनु भयो । उहाँले तत्कालै निर्माण कम्पनीसँग छलफल गरी समीक्षा गर्ने र थप निर्णय लिने बताउनु भयो । मन्त्री श्रेष्ठले यसअघि नै काठमाडौँका रुग्ण आयोजनाबारेमा निर्माण व्यवसायीसँग छलफल गरेको स्मरण गर्दै त्यतिबेला पनि समयमा काम नसक्ने निर्माण व्यवसायीलाई चेतावनीसमेत दिएको बताउनु भयो । उहाँले निर्माण व्यवसायीले नयाँ सडक थप्दै जाने र पुराना सम्झौता भएका सडक अलपत्र पार्दै जाने कार्य अब दोहरिन नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपालको सडकहरुको हालको अवस्था देख्दा मलाई धेरै दुःख लाग्छ । अहिलेको अवस्थामा नेपालको भुगोललाई जोड्ने पूर्वाधारको प्रमुख माध्यम सडक नै हो । सरकारले सडक बाहेक रेल,केवलकार जडानमा वृद्धि गर्ने प्रयत्न गरिरहेका छौं । काठमाडौं भित्र मेट्रो रेल जोड्ने प्रक्रियामा छौं । अन्य हवाई उडान सेवा बढाउने प्रयास रहेको छ । तर मुलभुत रुपमा जसले जे भने पनि सडक पूर्वाधार नै सबै भन्दा राम्रो हो । त्यस कारण अहिले जुन हालतमा सडक रहेका छन् । यसरी हुँदैन । हाम्रो एप्रोजमा आत्मसमिक्षा गर्न आवश्यक रहेको छ । अन्य बाटो थप्दै जाने भएको बाटो सुधार नगर्ने अवस्था रहेको छ । अब जनतालाई राम्रो बाटो दिनुपर्छ । योजनाका साथ काम शुरु गर्छौं । त्यसपछि जे जति परिवर्तन गर्न सकिन्छ । सडक निर्माण गर्ने कामको मन्त्रालयले नेतृत्व लिन्छ । यसलाई हामी परिवर्तन गर्छौं ।’

त्यस्तै, सैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले बीचमा रुख कटान, विद्युतको पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाइ भएपनि अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गरिने बताउनु भयो । उहाँले अब फेरि पनि म्याद थपिदिनुस् भन्ने ठाउँ नभएको भन्दै अबको एक महिना रातदिन नभनी काम गरेर सम्पन्न गरेर हस्तान्तरण गर्ने र नसके छाड्ने बताउनु भयो ।

उक्त सडक आयोजनामा भारतीय एक्जिम बैंकको पनि आर्थिक सहयोग रहेकाले स्थलगत अनुगमन टोलीमा भारतीय राजदुत श्रीवास्तव पनि सहभागी हुनुभएको हो । अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि पनि रहेका छन् । टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन गरेको हो । सैलुङ कन्स्ट्रक्सनले कमलविनायक–नगरकोट सडकखण्ड ठेक्का पाएको छ । तर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । सडक निर्माणमा भएको ढिलासुस्तीका कारण जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा सभापति लामिछाने संविधानत उम्मेदवारी दिन अयोग्य भएको संविधानविद्को...

जसपा सांसद अन्सारीद्वारा पद तथा गोपनियताको शपथग्रहण

काँग्रेसले बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने

मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ : गृहमन्त्री श्रेष्ठ

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

विश्वका तीर्थस्थल मध्ये एक मुक्तिनाथधामको महिमा समेटिएको आरती-भजन सार्वजनिक

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, चैत्र १९, २०७९

१८.१५°

-
Clouds