चिठ्ठाको नाममा पावर वैँक पर्यो भनी पावर बैकको खोलभित्र गिलो माटो राखी बिक्री गर्ने दुई जना भारतिय मुलका नागरिकहरु रुपन्देहीको सालझण्डीबाट पक्राउ परेका छन ।
यही फागुन १४ गते दिउँसो रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न. १० सालझण्डी झिमझीमे स्थितमा भारतिय नम्बरको मोटरसाईकल अगाडी पछाडी PRESS लेखेको UP 55 AF 1519 नम्बरको हिरो स्पेलेन्डर मोटरसाईकलमा आएका दुईजना मानिसहरुले नेपाली रु ५० को चिठ्ठा काटेमा केही कपडा र MI कम्पनीको मोवाईलको original पावर बैक पर्ने भनी मानिसहरुलाई झुक्याएका थिए ।

रु ५० को चिठ्ठा स्क्र्याच गर्दा सवैमा पावर बैक पर्ने पहिले नै सेट गरिएको कुपनहरु बिक्री गरी, उक्त पावर वैक परे पछी पुन नेपाली रु १२०० रुपैया दिनु पर्ने र सो पावर बैकको बजार मुल्य ३२०० पर्ने र हाल यसमा चार्ज नभएकोले घरमा लगी ४/५ घण्टा चार्ज गरेपछी मात्र काम गर्छ भनी मानिसहरुलाई झुक्याएर ठगी गरिरहेका थिए ।
ठगी गरीरहेको अवस्थामा फेला पारी चेकजाच गर्दा स्क्रयाच कुपन थान ७९ र MI 20000 mh लेखेको पलाष्टिकको बट्टा (पावर वैक) थान ६ , साडी, कुर्ता, सर्ट पाईन्टको कपडा थान १/१, स्क्रयाच कुपन ७९ थान , नगद रु ३,४२०, ठगी गर्न प्रयोग गरेको Press लेखिएको UP 55 AF 1519 नम्बरको स्पेलेन्डर मोटरसाईकल १ थान फेला परेकाे ईलाका प्रहरी कार्यालयले जनाएकाे हाे ।

उक्त पावर बैक खोली भित्र हेर्दा केहि ओसिलो माटो भरेको तथा साधारण खालका पुराना मोबाईलका ब्याट्री जोडेको अवस्थामा फेला परेकोले उनिहरुलाई तत्काल पक्राउ गरी ठगी सम्बन्धी कसुर अन्तर्गत सम्मानित जिल्ला अदालत रुपन्देहीवाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको छ ।
पक्राउ परेका व्यक्तिहरु भारत देश सिदार्थनगर जिल्ला चन्दनताय गाउ बस्ने बर्ष २८ को विवेक कुमार भट्ट र भारत देश सिदार्थनगर जिल्ला चन्दनराय गाउ बस्ने वर्ष २५ को सर्वेश कुमार भट्ट रहेकाे ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले जनाएकाे छ।