fbpx

विद्यालयतहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । विद्यालयतहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै राज्यले विद्यालय तहमा नै मनोपरामर्श दिनुपर्नेमा विज्ञको जोड ।


सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण विद्यालय तहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै गएको छ ।
कोभिड १९ को महामारीको समयमा इन्टरनेटको प्रयोगबाट पठनपाठन सञ्चालन गर्ने गरिएको र त्यसयता सामाजिक सञ्जालको प्रयोगमा लत बस्दै गएकाले त्यसको नकारात्मक असर बालबालिकाहरुमा देखिन थालेको विज्ञहरुले बताएका हुन् । शिक्षाविद् डाक्टर राजकुमार ढुंगानाले कोभिड १९ पछि बालबालिकामा मोबाइल प्रयोगको लत बढेका कारण उनीहरुमा मनोसामाजिक समस्या देखिएको बताउनु भयो ।


सामाजिक सञ्जालमा आउने सकारात्मक र नकारात्मक कुराहरुको चयन गर्न नसक्नु तथा शिक्षाप्रति अभिभावक तथा विद्यालयको दबाब बढ्नु लगायतले पनि बालबालिकाहरु अनावश्यक दबाबमा पर्ने गरेको टिप्पणी उहाँले गर्नुभयो । विद्यालयतहका बालबालिकामा अध्ययनको रुची घट्दै जानुले समग्र शिक्षा क्षेत्रमा डरलाग्दो खतराको संकेत गरेको उहाँले बताउनु भयो ।

कोभिडपछि प्रविधिलाई उपयुक्त तरिकाले प्रयोग गर्ने सीपको कमीले समेत बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेकाले त्यसबारे सबै सरोकारवाला गम्भिर हुनुपर्ने उहाँले बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शिक्षाविद् ढुंगेलले विद्यालयस्तरबाटै बालबालिकाकालाई मनोसामाजिक परामर्श सेवा दिनुपर्नेमा जोड दिनुभयो । अभिभावकहरुले विद्यार्थीलाई उच्चतम अंक ल्याउन दबाब दिनु सामाजिक अपराध भएको उल्लेख गर्दै उहाँले त्यस्तो काम रोकिनुपर्ने बताउनु भयो ।


उहाँले भन्नुभयो – ‘विद्यालयस्तरबाट नै मनोसामाजिक परामर्श सेवा दिनुपर्छ । शिक्षकलाई पनि अभिमुखिकरण गर्नुपर्छ । प्रदेशले विद्यालय नर्स कार्यक्रम राखेको छ । त्यसलाई अझ परिष्कृत गर्नुपर्छ । मनोसामाजिक समस्यामा परेका बालबालिकाको पहिचान गरेर रिफर गर्ने सिस्टमको विकास गर्ने हो भने यो समस्या समाधान गर्न धेरै ठूलो मद्दत हुन्छ । बालबालिकालाई अभिभावकबाट अत्यन्त ठूलो दबाब छ । अभिभावकले अपेक्षा थोपर्नु सामाजिक अपराध हो ।

त्यो अपराधको पीडा बालबालिकाले भोगिरहेका छन् । त्यही कुराको रिफ्लेक्शन फेरि विद्यालय सञ्चालकहरुमा छ । यो निजी विद्यालयमा अझ सशक्त रुपमा देखिन्छ । त्यसैले बालबालिकाहरु मथिको सामाजिक दबाब अत्यन्तै डरलाग्दो छ र त्यसको कारणले गर्दा बालबालिकाहरु मानसिक रुपमा स्वस्थ हुनसक्ने अवस्था देखिँदैन । त्यसबाट मुक्त गर्नको लागि राज्यले भुमिका खेल्नुपर्छ । अभिभावकको चेतनास्तरपनि माथि उकास्नुपर्छ ।’


विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले पनि कोभिड–१९ महामारीपछि विद्यार्थीमा इन्टरनेट प्रयोगको लत बसेको बताउनु भयो । विद्यार्थीहरुमा एकोहोरो हुने, आक्रमक बन्ने, धेरै मोबाइल चलाउँदा आँखा रातो हुने, दुब्लो हुने तथा मानसिक स्वास्थ्यमा समेत समस्या देखिएपछि मनोसामाजिक परामर्श दिने गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘विद्यार्थीहरुले इन्टरनेटको प्रयोग र अनलाइन पठनपाठन पछि विभिन्न प्रकारको अनलाइन खेल खेल्ने, मोबाइलको गलत प्रयोग गर्ने, अशोभनिय र असान्दर्भिक वेबसाइट भिजिट गर्ने, विद्यार्थीहरुमा अनुशासन, नैतिक शिक्षा र संस्कारी ज्ञानमा नबस्ने, शिक्षकहरुलाई आदर सम्मान श्रद्धा गर्ने बानि नहुने पायौँ ।

विद्यार्थीहरु झोक्किने, रुखो स्वभाव देखिने, घुर्कि लगाउने, एकोहोरोपन हुने विद्यार्थीहरुमा पाएका छौँ । स्वभाविक रुपमा इन्टरनेटको प्रयोग पछाडी विद्यार्थीहरुमा एउटा नशाको रुपमा मोबाइल चलाउने, मोबाइल चलाएको कारणले गर्दा बच्चाहरुको आँखा रातो हुने, आँखा कमजोर हुने, त्यसले गर्दा दुब्लाउँदै जाने, मानसिक स्वास्थ्यमा पनि असर पर्ने भइसकेपछि हामीले साइको सोसल काउन्सिलरहरु , मनोपरामर्शका विधिहरु अपनाएर उनीहरुलाई परामर्श दिने कामहरु, त्यसैगरी मानसिक स्वास्थ्य सम्बन्धी विज्ञहरुलाई विद्यालयमा भिजिट गराएर भिजिटिङ क्लासहरु लिने, बालबच्चाहरुलाई सम्झाउने अनि शिक्षकहरुलाई पनि बालबच्चाहरुको अहिलेको यो अवस्था अनुसार अब हामीले उनीहरुको कमी, कमजोरी के छ रु त्यो बुझेर त्यस अनुसार हामीले परामर्श, सम्झाउने, बुझाउने रुपमा अगाडी बढ्नुपर्छ भन्ने । विद्यालयमा परामर्शका कक्षाहरु सञ्चालन गर्ने र अभिभावकहरुसँग बाक्लो भेटघाट गर्ने कामहरु ग¥यौँ ।’


चिकित्सकहरुले पनि इन्टरनेट प्रयोगका कारण बालबालिकाहरुमा अनिद्राको समस्या डरलाग्दो रुपमा देखिएको बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अल्का अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डा। प्रदीप पाण्डे सामाजिक सञ्जालमा हुने नकारात्मक कुराहरुका कारण बालबालिकाको रचनात्मक क्षमता घट्नुको साथै मनोसामाजिक समस्या देखा पर्न थालेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘दश वर्ष पहिला अभ्यास शुरु गर्दाखेरी मैले सायद एउटा पनि पेसेन्ट हेर्दैन थिएँ भने अहिले ६ वर्षदेखि १५ वर्षका ३, ४ जना पेसेन्ट मैले दैनिक हेर्नुपरिराखेको छ । यही लेभलमा बढीराखेको होला यो समस्या । बच्चाहरु हावा चलेपनि डराउने, एक्लै बस्न नसक्ने, समाजमा गएर कुरा गर्न नसक्ने । बच्चाले बोल्न नपाउँदा आवाज नै नफुटेको । ढिलो बोल्ने । नयाँ मान्छेहरुसँग गफ गर्न नसक्ने । बच्चाहरुका समस्या एकदमै धेरै छन् ।

अहिले सबभन्दा कमन देखिएको एन्जाइटी । डर । ढुकढुक हुने । आत्तिने । सास फेर्न गाह्रो हुने । अर्को अनिद्रा । युवा पुस्तामा चाहीँ अनिद्राको समस्या । मोबाइल, टेक्नोलोजी, सोसल मिडियाको प्रयोगको कारणले गर्दा अधिक मान्छेहरु यसको शिकार भइराखेका छन् । सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक कुरा पनि आउँछन् । तर त्यसको चयन कसरी गर्ने रु फिल्टर कसरी गर्ने रु नकारात्मक सोच र नकारात्मक जानकारीहरुको प्रभाव हाम्रो मनमा कसरी परिरहेको छ रु आफैले रोग पत्ता लगाएर आफैँले उपचार गर्न खोज्ने प्रवृत्तिको कारणले गर्दा मानिसहरुमा यावत समस्याहरु देखिएको छ । सोसल मिडियाको प्रयोगले गर्दा मान्छे १-२ बजे सुत्ने । मोबाइल चलाउने, टिकटक चलाउने, पब्जी लगायतका गेम खेल्ने यसरी मानिसहरु अल्मलिइरहनुभएको छ । त्यसो हुँदा युवापुस्ताको ब्रेन, क्रेटीभिटी सबै घट्दै गइरहेको छ ।’


डा. पाण्डेले मनोरोगको समस्यालाई बेलैमा पहिचान गरी निदानको उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक