आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने विनाको पनि यो पहिलो लिग टु खेल हुनेछ ।

विन्डहोकमा हुने खेलमा नेपाल घरेलु टोली नामिबिया विरुद्ध ओडिआईमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । पछिल्लो पटक नेपाल, नामिबिया र स्कटल्याण्ड नै सहभागी शृखंला जुलाईमा स्कटल्याण्डमा भएको थियो ।

त्यसबेला नेपालले नामिबिया विरुद्धको दुवै खेलमा हार व्यहोरेको थियो । त्यसैले ओडीआईमा नेपाल नामिबियाविरुद्ध पहिलो जितको खोजीमा छ ।

स्कटल्याण्डमा भएको शृंखलामा नेपाल नामिबियासँग पहिलो खेलमा ६३ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । यस्तै शृंखलाको पहिलो खेलमा बिहीबार नामिबिया स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो ।

नामिबिया २७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ भने २० खेलबाट नेपालको १७ अंक छ र छैटौं स्थानमा छ । स्कटल्याण्ड २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।

लिग टुमा शीर्ष तीनमा रहँदै ग्लोबल क्वालिफाइरमा पुग्ने हो भने नेपालका लागि अहिलेको र बाँकी सबै शृंखला महत्वपूर्ण छ । त्यसैले नेपालले नामिबियामा सकेसम्म धेरै खेल जित्नुपर्नेछ ।

पूर्व कप्तान तथा नेपाली टिमका अनुभवी सदस्य ज्ञानेन्द्र मल्लले कम्तीमा तीन खेल जित्ने लक्ष्य रहेको नामिबियाबाट बताएका छन् ।

नयाँ कप्तान, नयाँ प्रशिक्षक अनि फेरिएको टिम सहित नेपाल यस पटक नामिबियामा पुगेको छ ।

टिममा ७ खेलाडी परिवर्तन

पछिल्लो पटक जुलाईमा स्कटल्याण्डमा खेलेको नेपाली टिम र अहिलेको टिममा ७ खेलाडी परिवर्तन भएका छन् । त्यसैले नामिबियामा नेपालको प्रदर्शन कस्तो होला भन्ने चासो छ ।

दुई साताअघि कीर्तिपुरमा युएई विरुद्धको शृखंलामा ओडीआईमा डेब्यु गरेका अर्जुन साउद र हरिशंकर शाहसहित नयाँ अनुहारको रुपमा नन्दन यादव टिममा छन् ।

युएई विरुद्धको शृंखला खेल्दै नेपालले नामिबियाको तयारी थालेको थियो । उक्त शृंखला २–१ ले जिते पनि नेपालको ब्याटिङमा समस्या भने उस्तै थियो । नयाँ कप्तान रोहितले नामिबियामा टुरमा सुधार्नुपर्ने महत्वपूर्ण पक्ष नै ब्याटिङ मानेका छन् । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने नहुँदा इनिङ्सको बीचमा नेपालका लागि विकेट लिने बलरको अभाव हुन सक्छ ।

स्कटल्याण्ड टुरमा आसिफ शेख र कुशल भुर्तेलले नेपालको ओपनिङ गरेका थिए । प्रभाकरको आगमनपछि ओपनिङ जोडीमा परिवर्तन भएको छ । आरिसफसँग युवा खेलाडी अर्जुन साउदले ओपनिङ गर्ने पक्का जस्तै छ ।

तेस्रो नम्बरमा अनुभवी ज्ञानेन्द्र मल्लले ब्याटिङ गर्नेछन् । त्यसपछि कप्तान रोहित र दीपेन्द्र सिंह भरी मिडल अर्डरमा हुनेछन् ।

अलराउण्डरमा आरिफ शेख, कुशल भुर्तेल र हरि शंकर शाह छन् र यी मध्ये दुईले पहिलो रोजाइमा खेल्न सक्छन् । प्रशिक्षक प्रभाकरले यसअघि कुशल भुर्तेललाई लेग स्पीन बलिङ गराएका छन् भने अलराउण्डरको रोल दिएका छन् । यदि कुशल र हरि शंकर खेलेमा स्पीनरको रुपमा ललित राजवंशी वा सागर ढकालमध्ये एक जना मात्र खेल्नेछन् ।

यस्तोमा फास्टर बलरहरु सोमपाल कामी, करण केसी र गुल्शन झाले पहिलो रोजाइमा खेल्न सक्छन् । नेपालले दुई फास्ट बलर खेलाएर दुई स्पीनर पनि खेलाउन सक्नेछ ।

पहिलो रोजाइमा कसलाई खेलाउने भन्ने निर्णय त्यहाँको अवस्था र पिचलाई हेरेर गरिनेछ ।

source:-onlinekhabar


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन