मानवअधिकार पत्रकार संघ हुर्जामा यशकुमारी जिसीको ३४ औं स्मृति समारोह सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पाेखरा । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले सामाजिक अभियन्ता यशकुमारी जिसीको ३४ औं स्मृति समारोह सम्पन्न गरेको छ । संस्थाले महिला शसक्तिकरणका क्षेत्रमा क्रियाशील रहेकै बेला २०४५ फागुन १ गतेका दिन स्वर्गारोहण भएकी जिसीका अनुकरणात्मक अनुष्ठानको स्मरण गरी श्रद्धाञ्जली अर्पण गरेको हो ।

पोखरा लामाचौर–१९ मा २०१४ कार्तिक १३ गते जन्मेकी जिसी महिला तथा बालबालिका विकास कार्यालयमा प्रमुखका रूपमा कार्यरत रहेनुभएकाे थियाे ।

महिला प्रशिक्षण केन्द्र जावलाखेलको २०३९ सालको पहिलो व्याचका रुपमा रहेका जिसीले ग्रामीण महिलाहरुको पेवा बढाउने, समूह गठन र महिलाहरुको विना धितो लगानी, कृषितर्फ अदुवा, तरकारी, वेसा, कफी खेती, रेशम किरा पालन, बाख्रा, भैंसी, कुखुरा पालन, उद्योगतर्फ पाउरोटी, गलैँचा सिलाइबुनाइ तालिम प्रदान गर्दै महिला शसक्तिकरण र अधिकारका क्षेत्रमा क्रियाशील रहनुभएकाे थियाे ।

उहाँको स्याङ्जाको वालिङमा सेवारत रहेकै समयमा २०४५ फागुन १ गतेका दिन स्वर्गारोहण भएको थियो । उहाँको योगदानलाई चिरस्थायी गराउनका लागि यशकुमारीको स्मृतिमा भाइ सविन जिसीको सक्रियतामा परिवारजनले हुर्जाले सञ्चालन गर्ने र अधिवेशनमा पुरस्कार अर्पण गर्ने गरी यशकुमारी जिसी स्मृति अक्षयकोष स्थापना गरेका छन् । उक्त पुरस्कारबाट अधिकारकर्मी प्रमिला तझ्या र सानुमाया गुरुङ पुरस्कृत भइसकेका छन् ।

श्रद्धाञ्जली सभामा दूरभाषाबाट सम्बोधन गर्दै संस्थापक अध्यक्ष कृष्ण अन्जान ज्ञवालीले यशकुमारीको योगदानलाई जीवन्त तुल्याउन हुर्जा निरन्तर क्रियाशील रहने बताउनुभयाे । यशकुमारी स्मृति कोषका संस्थापक सविन जिसीले यशकुमारीको योगदानलाई जीवन्त तुल्याउन हुर्जाले खेलेको भूमिकाप्रति आभार व्यक्त गरेका थिए ।

सभामा हुर्जाका निवर्तमान अध्यक्ष राजेश पराजुली, उपाध्यक्ष वीरेन्द्र सापकोटा, सदस्य सत्यता ख्याउजु,सरिता गुरुङलगायतले यशकुमारीको योगदान बारे चर्चा गरेका थिए । सोमवारै बसेको संस्थाको बैठकले आसन्न अधिवेशनका लागि सदस्यता नवीकरण, साधारण तथा आजीवन सदस्यता वितरणका साथै प्रतिभा आह्वानका लागि सूचना जारी र छनौट समिति गठनलगायतका विविध निर्णयसमेत गरेको महासचिव सुशील श्रेष्ठले जानकारी दिनुभयाे ।

संस्थाले १५ हजार १५ राशिको यशकुमारी जिसी स्मृति पुरस्कारका साथै ११ हजार १ सय ११ राशिका विविध पुरस्कारसहित विशिष्ट संस्था सम्मानसमेत अर्पण गर्दै र मानवअधिकार आवाज मुखपत्र प्रकाशन गर्दै आएको छ । हालसम्म मानवअधिकार आवाजका १० अंक प्रकाशन भइसकेको पूर्व अध्यक्ष राजेश पराजुली बताउँनुहुन्छ ।

अध्यक्षको आसनबाट बोल्दै असफल गौतमले हालसम्म मानवअधिकार पत्रकारिता पुरस्कारबाट श्यामनाथ कुँवर, स्मीता अधिकारी, श्रीकान्त सापकोटा, सहयात्रा सम्मानबाट मतिलाल विशंखे, सीता जिसी सम्मानित भइसकेको जानकारी गराउनुभयाे । यस्तै हुर्जाले संस्थागत सम्मानबाट राष्ट्रिय मानवअधिकार आयोग गण्डकी, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, आदर्श समाज राष्ट्रिय दैनिक, परिवर्तन नेपाल, सयपत्री समाज, समाजसेवा सम्मानबाट चन्दबहादुर गुरुङ, कृष्ण अन्जान ज्ञवाली, बालअधिकारकर्मीबाट एलिना गुरुङ सम्मानित र पुरस्कृत गरिसकेको छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन