fbpx

श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै

author

समाचारपाटी

१0 महिना अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा ३४.१७ प्रतिशत मात्रै खर्च भएको बताएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले चालु आर्थिक वर्षमा हालसम्म(२०८१ वैशाख १२ गतेसम्म) ३४.१७ प्रतिशत मात्रै खर्च भएको जानकारी दिनुभएको हो । कुल विनियोजित बजेट १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ रहेकोमा हालसम्म ६४ करोड २९ लाख ८९ हजार रुपैयाँ(३४.१७ प्रतिशत) मात्रै खर्च भएको उहाँले बताउनु भयो । चालुतर्फ १ अर्ब ८० करोड २० लाख रुपैयाँ विनियोजन भएकोमा ६२ करोड ३९ लाख रुपैयाँ (३५ प्रतिशत) खर्च भएको र पुँजीगततर्फ ७ करोड ९६ लाख रुपैयाँ विनियोजन भएकोमा १ करोड ९० लाख रुपैयाँ(२३.९५ प्रतिशत) खर्च भएको उहाँले स्पष्ट पार्नुभयो ।


मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन भएकोमा वित्तिय हस्तान्तरण गरी स्थानीय तहबाट कार्यान्वयन हुने ५ अर्ब ३६ करोड रुपैयाँमध्ये १ अर्ब १४ करोड ५३ लाख ९९ हजार रुपैयाँ(२१ प्रतिशत) खर्च भएको बताउनु भयो । उहाँले मन्त्रालयबाट कार्यान्वयन हुने ५७ करोड ७८ लाख रुपैयाँमध्ये ४ करोड ११ लाख ५९ हजार रुपैयाँ(७.१२ प्रतिशत) खर्च भएको जानकारी दिनुभयो । त्यसैगरी व्यावसायिक तथा सीप विकास तालिमतर्फ सीप विकास तालिम प्रतिष्ठानबाट कार्यान्वयन हुने विनियोजित बजेट रकम २९ करोड ३३ लाख रुपैयाँमध्ये ४ करोड २३ लाख १५ हजार रुपैयाँ(१४.४३ प्रतिशत) खर्च भएको बताइएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन