fbpx

‘मन्त्रालयको संख्या घटाउनु पर्छ की जस्तो लागेको छ’:उपप्रधानमन्त्री श्रेष्ठ

author

समाचारपाटी

४ महिना अगाडि

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरुको संख्या घटाउनुपर्ने प्रश्ताव गर्नुभएको छ । मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै उहाँले बरु त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताउनुभएको हो । शनिवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग सम्बोधन गर्न नमिल्ने बताउनु भयो । यो हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो । उहाँले हस्तकलासम्बन्धि छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलानात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तिब्रता दिन चाहेको बताउनु भयो । उहाँले सरकारले मुलुकको सुशासन र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रित गरेको दोहो याउनु भयो । 

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘अहिले नेपालको राष्ट्रिय कार्यभार मुख्य चाहीँ आर्थिक समृद्धिको कार्यभार हो । नेपालमा हामी ६ दशक बढी बलिदानीपूर्ण संघर्ष गरेर ऐतिहासिक युगान्तकारी प्रकृतिको राजनीतिक परिवर्तन गरेका छौं ।  जुन आज संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भनेर संविधानमा उल्लेख गरिएको छ । र यो नयाँ संविधान कार्यान्वयनको प्रक्रियामा अहिले हामी छौं । संविधान कार्यान्वयनका लागि देश अगाडी बढिरहँदा अहिले हाम्रो मुख्य कार्यभार के हो भन्दा हामी सबैमा प्रष्टता नै छ कि यो राजनीतिक परिवर्तनद्वारा निर्देशित नेपाली जनताको आजको अपेक्षाअनुसार र नेपाली समाजको आवश्यक्ताअनुसार देशलाई समृद्ध बनाउनु हो । देशलाई विकसित बनाउनु हो । राजनीतिक व्यवस्था परिवर्तन पछाडि हामीले राजनीतिक अधिकार त प्राप्त गरेका छौं । यो राजनीतिक अधिकार सँगसँगै हामीले आर्थिक विकास र समृद्धिको क्षेत्रमा पनि केही न केही सकारात्मक कामहरु गरेका छौं । तर आजको मुल सन्दर्भ के हो भने ऐतिहासिक राजनीतिक परिवर्तन जुन आयामको भयो, नेपाली जनताले यो राजनीतिक परिवर्तनबाट जे अपेक्षा राखे र नेपाली समाजको त्यसपछाडिको जुन प्राथमिक आवश्यकता हो । त्योअनुसार विकास र समृद्धिको यात्रा अगाडि बढ्न सक्यो वा सकेन ? भन्ने कुरा आज सर्वाधिक महत्वको विषय हो । त्यसरी हेर्दा हामी सकारात्मक दिशामा अघि बढिरहेका छौं । तर हामी आत्माआलोचित हुँदै भनिरहेका छाैँ कि हामीले परिवर्तनमा अन्तरनिहित निर्देश अनुसारको जनताको अपेक्षा र आजको आवश्यकताअनुसार विकास र समृद्धिको गतिलाई जुन अनुपात दिनुपर्दथ्यो, त्यो दिन सकिराखेका छैनौं । आजको कार्यभार त्यही हो । जनताले चाहे पढनका लागि होस्, चाहे रोजगारीका लागि होस् । दिनदिनै युवा र श्रमिकहरु बाहिर जाने जो गति छ, त्यसलाई रोक्न सकियोस् । र नेपालको मातृभूमिमै शिक्षा र रोजगारीको अवसर प्रदान गर्न सकियोस् । आजको आवश्यकता हो । र यो सरकारले गठन भएको दिननै घोषणा गरेको मुल नारा हो–सुशासन, समृद्धि र सामाजिक न्याय । अहिले हामी त्यसैमा केन्द्रित भएर अघि बढने प्रयत्न गरिराखेका छौं । घुस नखुवाई, भनसुन नगरी, राजनीतिक नेता वा कर्मचारीलाई चाकरी नगरी समयमै होस् । जनताले चाहेको पहिलो कुरा आज यही हो । त्यस पछाडि शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न, आवास, विद्युत, सञ्चार, खानेपानी, सडकका आवश्यक्ता, जो विकास आवश्यक्ता हुन् । त्यो पूरा गर्ने दिशातिर जाओस् । आजको जनताको चाहना यो हो । त्यसकारण अहिले हामीले के भनेका छौँ भने विकास र आर्थिक क्रियाकलापको तिब्रतालाई हामीले मुख्य केन्द्रमा राख्नुपर्दछ । तर नेपालको सन्दर्भमा सुशासन त्यसको पूर्वशर्त हुन पुगेको छ । सुशासन बिना पनि हामीले त्यो क्षेत्रमा काम गर्न, परिणाम निकाल्न सक्दैनौं । त्यसकारण सुशासन र समृद्धि एक अर्कासँग अत्यन्तै जोडिएको छ । सुशासन भनेको अहिले भ्रष्टाचार प्रभावकारी नियन्त्रणसहित जनतालाई समयमै सहज ढंगले डेलिभरी दिनुपर्यो । अहिले हाम्रो काम एउटा यो हो । अहिले हामीले त्यसमा अहिलेसम्मका सकारात्मक पक्षलाई पक्रँदै जहाँजहाँ समस्या छन्, कमीकमजारी छन् । अपर्याप्तताहरु छन् । त्यसलाई सच्याउने दिशातिर दृढतापूर्वक कदम चाल्ने दिशातिर अगाडि बढिराखेका छौं भने अर्को महत्वपूर्ण कुरा चाहीँ आर्थिक क्रियाकलापलाई तिब्रता दिनु । यसरी हेर्दा अहिले पूँजी निर्माणको प्रक्रिया कसरी बढाउने, पूँजीगत खर्च कार्यान्वयन क्षमतामा तिब्रता कसरी दिने, ब्यापार घाटा कसरी कम गराउने ? यो हाम्रो लागि महत्वपूर्ण पक्ष हुन् । त्यसको निम्ति आर्थिक क्रियाकलापलाई असाधारण तीव्रता प्रदान गरेर सायद देश भित्रको पूँजी निर्माण र लगानी होस् । चाहे वाह्य लगानी होस् । त्यसलाई ल्याएर आर्थिक क्रियाकलापलाई तीव्र पार्नु छ । उत्पादन र रोजगारी वृद्धि गर्नुछ । यही कार्यभार पूरा गर्ने दिशातिर हामीले अहिले अगाडि बढने संकल्पका साथ काम गरिराखेका छौं । हामीलाई विश्वास छ–हामीले देशको अहिलको ऐतिहासिक आवश्यक्ता पूरा गरिछाड्छौं । गर्नैपर्छ । यताउता गर्ने समय हामीसँगै छैन । त्यसकारणले यो काम गर्ने क्षेत्रमा अहिले हामीले ठूल्ठूलो लगानी गरेर, ठूल्ठूला कारखानाहरु खोलेर अर्थतन्त्रलाई गति दिने काम चाहीँ अहिले तत्कालै पहिले फेज भित्र गर्ने प्राथमिकतामा पर्दैन । तर हामीसँग पहिले देखि भइरहेका तर तुलनात्मक लाभका क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । त्यसमध्ये हस्तकला उद्योग सर्वोपरी प्राथमिकता दिनुपर्ने क्षेत्रमध्य एउटा हो भन्ने कुरामा सरकार स्पष्ट छ । एउटा विश्वास, एउटा संकल्प अहिले देशलाई चाहिएको छ हामी बनाई छोड्छौं देशलाई । हामी यस्तो सुन्दर देश हो । यस्तो अन्तर्राष्ट्रिय पहिचान प्राप्त विशेषता भएको देश हो । हामीसँग पर्याप्त विकासका आधार र सम्भावनाहरु छन् । र त्यसलाई पक्रने जुन गति तिब्र हुनुपर्ने हो, त्यो बनाउन सकेका छैनौ । हामी त्यो दिशातर्फ जादैछौं । अहिले यो हाम्रो हाम्रो समाजमा बिस्तारै नकारात्मकता सँगसँगै अर्को एउटा हिनताको बोधको अवस्था पनि छ । हामीलाई पहिला गर्दै आएको कामलाई निरन्तरता दिन हिनताबोध जस्तो भईराखेको छ । त्यसो हुनुहुँदैन । त्यसलाई हामीले प्रोत्साहित गर्ने वातवरण बनाउनु पर्दछ । त्यसका निम्ति यो हस्तकलाको चाहीँ उत्तराधिकारीहरु निर्माण गर्न, हस्तकलाकर्मीहरु निर्माण गर्न, कलाकर्मीहरु निर्माण गर्न हामीले ध्यान दिनुछ । त्यसका लागि टेनिङ इन्सिच्युटहरुको निर्माण गर्ने कुरा तपाईहरुले गर्नुभएको छ । त्यसबारेमा पनि हामीले छलफल गर्नेनै छौं । हुनतः तपाईहरुले विश्वविद्यालयकै कुरा गर्नुभएको छ । त्यसबारेमा पनि छलफल गरौंला । यो हस्तकला निर्माण विकास मन्त्रालयनै बनाउ भन्नुभएको रहेछ । यो मन्त्रालय नै थप्ने कुरामा त अहिले जान मिल्छ जस्तो मलाई लाग्दैन । मन्त्रालय त बरु घटाउनुपर्छ कि जस्तो लाग्छ मलाई पर्सनल्ली । तर पनि यो मन्त्रालय नभएपनि विभागसम्म हुन्छ कि भन्ने तपाईहरुको अर्को प्रश्ताव पनि छ । त्यसलाई सकारात्मक रुपमा सोच्नुपर्छ जस्तो मलाई लागेको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूल्ठूलो उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेकाले पनि सरकारले तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले हस्तकला क्षेत्रको विकासका लागि सोसम्बन्धि विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताउनु भयो ।


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन