fbpx

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा

author

समाचारपाटी

२ हप्ता अगाडि

वैशाख १२ गतेदेखि काठमाडौंमा हुन लागेको चौथो हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको छ । एक्स्पो वैशाख १२ गते (बुधवार) बाट १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा शुरु हुनेछ । पहिलो दिन बुधवार बिहान साढे ६ बजेबाट स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्याली शुरु हुने स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताउनु भयो । र्यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु हुने बताउनु भयो । स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना हुँदै कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा लगेर अन्त्य गर्ने र हिमालय एक्स्पोको शुभारम्भ गर्ने कार्यक्रम रहेको बताउनु भयो । उर्जाको क्षेत्रमा लगानी किन गर्ने, फाइदा र समस्याहरु केके छन् ? भन्नेबारेमा विभिन्न चरणमा छलफल हुने बताउनु भयो । १३ गते बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको बताउनु भयो । उहाँले एक्स्पोले विगतका भन्दा फरक खालको सन्देश प्रवाह गर्ने बताउनु भयो । अध्यक्ष कार्कीले जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा उर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्याउने विश्वास रहेको बताउनु भयो । सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनउनका लागि पनि एक्स्पोले भुमिका खेल्ने बतउनु भयो । 
उहाँले भन्नुभयो, ‘हिमालयन हाइड्रो एक्स्पोको हामी अन्तिम तयारीमा छाैँ । यो चौथो संस्करण हो । बुधवार १२ गते बिहान हामीले साढे ६ बजे स्काई टावरबाट इभी र्याली गर्नेछौँ । त्यसका लागि ३ सय भन्दा बढी इलेक्ट्रिकल भेकलहरुले नाम लेखाइसक्नुभएको छ । हाम्रो रुट बानेश्वर हुँदै स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना हुँदै कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा लगेर अन्त्य गर्ने र हिमालय एक्स्पोको शुभारम्भ गर्नेछौँ । स्टलहरुमा आउनेहरुको सम्पूर्ण तयारी भइसकेको छ । उर्जाको क्षेत्रमा लगानी किन गर्ने, फाइदाहरु, समस्याहरु केके छन्, नेपाल—भारतबीचमा ट्रेडका समस्या के छन् भनेर थुप्रै सेशनहरु हुनेछन् । नेपाली र विदेशी विज्ञहरु हुनुहुन्छ । १३ गते हामीले राष्ट्रपतिद्वारा हिमालय एक्स्पोको विधिवत उद्घाटन गर्नेछौँ । १४ गते पनि माननीय मन्त्रीज्युहरुसँग सेसनहरु छन् । यो एक्स्पोले विगतका भन्दा फरक खालको म्यासेज दिनेछ । जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु त्यत्ति धेरै हुँदैनन् । यस वर्ष भारतले १० हजार मेगावाट किन्ने र बंगलादेश बिजुली जाने भनिसकेपछि फरक खालका कुरा आउन थालिसकेका छन् । नेपाल सरकारले पनि झन्डै २८ हजार ५ सय मेगावाट २०३५ सम्ममा उत्पादन गर्ने लक्ष्य लिएको छ । संसारभर ग्रिन इनर्जीको उत्पादनको प्रेसर छ । अहिलेको एक्स्पोमा संसारभरका थुप्रै खालका लगानीकर्ताहरु, म्यानुफ्याक्चरहरु र डिजाइनरहरु, इन्स्योरेन्स कम्पनीका, बैंकका थुप्रैले इन्क्वाइरी गरेका छन् । सामान बेच्नका लागि मात्रै होइन, जलविद्युतमा कसरी आफूले लगानी गर्न सकिन्छ भन्ने खालका र निजी प्रवद्र्धकहरुसँग भेट गर्न पाइन्छ की पाइँदैन भन्ने खालका प्रश्न थुप्रै आइसकेकाले यो एउटा राम्रो प्लेटफर्म हुनेछ । साथै सरकारले लिएको २८ हजार ५ सयको जुन योजना छ, त्यो पूरा गर्न निजी क्षेत्रको पहलमा यो एकदमै ठूलो सहयोग हुन्छ ।’


अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको बताउनु भयो । उहाँले एक्स्पोले सरकारले गरेको लगानी सम्मेलनलाई पनि धेरै ठूलो सहयोग पुग्ने बताउनु भयो । उहाँले देश अहिले उर्जामय भएकाले उर्जाको क्षेत्रमा लगानी गर्न धेरै लगानीकर्ताहरु इच्छुक रहेको बताउनु भयो । उहाँले नेपालमा लगानी गर्न इच्छुक हुनेहरुका लागि सबैभन्दा राम्रो ठाउँ उर्जा क्षेत्र भएको दाबी गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२५.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’