fbpx

हाइकर्स क्लब नेपालद्वारा पदयात्रा मार्फत फेदीखोलाको बाँगे फड्केको प्रवद्र्धन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँको हाइकिङ (एक दिने पदयात्रा) मार्फत प्रबद्र्धन गरेको छ ।

विभिन्न जातजातीको वसोबास रहेको उक्त गाउँ कुनै वेला पञ्चासे जाने विदेशी पर्यटकको रोजाइको क्षेत्र बाँगे पछिल्लो समय सुस्ताउँदै गएकोले सो क्षेत्रको प्रबद्र्धनको लागि हाइकिङ समुह पुगेको उक्त कार्यक्रमका यातायात संयोजक राजकुमार क्षेत्रीले बताउनुभयाे ।

आन्तरिक पर्यटनको प्रवद्र्धन गर्दै स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने उद्धेश्यले विगत ४ वर्षदेखि निरन्तर संचालन भइरहेको हाइकिङ भाग ३२ औं श्रृङ्खला सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा १० वर्ष देखि ६५ वर्षसम्मका ३२ जना सहभागी रहेका थिए । उक्त समुह पोखराबाट फेदीखोला ३ भाटखोलाको पारिकोवारी सम्म मिनि वसमा र पारिकोवारी देखि वाँगे मैदान स्कुलसम्म स्थानिय जिपको यात्रामा रमाउँदै यात्रा भएकाे संयोजक क्षेत्रीले बताउनुभयाे ।

बाँगे गाउँमा खानपिन गरेपछि हाइकिङका संयोजक पत्रकार कृष्ण रानाभाटको नेतृत्वमा शिव मन्दिर, गोराको वारी, वडा कार्यलय, हुदै डाँडाको पोखरासम्म पैदल यात्रा गरेको थियो भने उक्त चौताराबाट फर्किएर ऐतिहासिक कोट मन्दिर (काल भैरब मन्दिर) दर्शन गरी पैदल नै भाटखोलाको चिप्लेटी हुँदै भालुपहाडको अवलोकन गर्दै हाइकिङ सम्पन्न भएकाे थियाे ।

आगामी हाइकिङ चैत्र महिना २५ गते अन्तिम शनिबार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा गरिने भएको छ । खाना र यातायात व्यवस्थापनको लागि सहज वनाउन सहभागी हुन इच्छुकले २० गतेसम्म नाम दर्ता गर्न अर्थ संयोजक टिका आचार्य सुवेदीले अनुरोध गर्नुभएकाे छ ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन