झापा । सर्पको डसाइबाट झापाको हल्दिबारीमा एक महिलाको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका– २ निवासी अन्दाजी ४५ वर्षीया जितेन राजवंशीको सर्पले डसेर मृत्यु भएको हो।
उहाँलाई शनिबार दिउँसो घरमै विषालु सर्प करेतले डसेको थियो । सर्पको डसाइबाट गम्भीर घाइते हुनुभएकाे उहाँलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो ।
स्वास्थ्य अवस्था जटिल बनेपछि त्यहाँ उपचार नहुँदा उहाँलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए । श्रीमान् राम राजवंशी, दुई छोरा र दुई छोरीसहित उहाँ सरस्वती आधारभूत विद्यालय परिसरभित्र बसोबास गर्दै आउनुभएकाे थियाे ।