fbpx

‘समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन गराउन प्रतिवद्ध भइ काम गर्नेछु’:- कमला पन्त

author

समाचारपाटी

२ महिना अगाडि

विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले पदभार ग्रहण गर्नुभएको छ । सोमवार सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथग्रहण गराएसँगै उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेसँगै उहाँले सुशासन कामय राख्नका लागि समितिको तर्फबाट कर्तव्यनिष्ठ भएर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने देशको उद्देश्यअनुरुप समितिको तर्फबाट सरकारलाई निर्देशन दिने र निर्देशन कार्यान्वयन गराउनेतर्फ लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म इमान्दार भएर कर्तव्य भन्दा बाहिर नगइकन काम गर्नेछु । सुशासन कसरी कायम राख्न सकिन्छ ? र यो समितिमा भएको कार्यक्षेत्रलाई इमान्दारिताका साथ अघि बढाउन र दिगो विकासको लक्ष्य पूरा गर्ने २०३० सम्म छ । यसलाई अरु देशले भन्दा पनि हाम्रो देशले जलवायु परिवर्तनका इस्यु छन्, सुशासनका कुराहरु छन्, विकासका कुराहरु छन्, दिगो विकास नै के हो भन्ने छ । समितिले कार्यान्वय गर्ने नभइ सरकारलाई निर्देशन गर्ने हो, निर्देशन कार्यान्वयन गराउन म प्रतिवद्ध रहन्छु । निर्देशनलाई कार्यान्वयन गराउनका लागि लाग्छु । निर्देशन दिएर मात्रै पुग्दैन । निर्देशन कार्यान्वयन हुनुपर्छ ।’ 

उहाँले समितिले सरकारलाई दिएका निर्देशनहरु कार्यान्वयन गराउन प्रतिवद्ध भएर काम गर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन