fbpx

गलकोट नगर स्थापना दिवसमा गौंदीखोला सरसफाई अभियान सुरु

author

समाचारपाटी

१ year अगाडि

थम्मन थापा, बागलुङ । गलकोट नगरपालिकाले आफनो स्थापना दिवसको अवसरमा गौंदी खोला सरसफाई अभियान सुरु गरेको छ । स्वच्छ वातावरण निर्माण गर्दै सन्तुलित पर्यावरण कायम राख्ने उद्देश्यले बृहत सरसफाई अभियानको शुभारम्भ गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

पछिल्लो समय खोलानाला र्दुगन्धित बन्दै गईरहेको र सरसफाई अभियानले खोलानाला सफा रहने अपेक्षा गरिएको उहाँको भनाई छ । अभियानले खोलानालामा फोहोर नगर्न जनचेतना फैलाउने समेत विश्वास लिईएको गैरेले उल्लेख गर्नुभयो । त्यसका लागि नगरबासी नागरिक जिम्मेवार भएर कुहिने, नकुहिने र सिसाजन्य फोहोरको वर्गिकरण गिर नगरको फोहोर व्यवस्थापन अभियानलाई सफल पार्न सहयोग गर्न समेत अपिल गर्नुभएको छ ।

दिनहुँ खोलाहरु दुर्गन्धित हुन थाले पछि मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने र वातावरण समेत नराम्ररी बिग्रन थालेको भन्दै नगरपालिकाले बृहत सरसफाई अभियानको शुभारम्भ गरेको गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले बताउनु भयो । त्यसका लागि नगरबासी नागरिक जिम्मेवार भएर कुहिने, नकुहिने र सिसाजन्य फोहोरको वर्गिकरण गरि नगरको फोहोर व्यवस्थापन अभियानलाई सफल पार्न समेत उहाँले अपिल गर्नुभएको छ ।

गलकोटको केन्द्र हटिया बजारमा जनघनत्व बढे सँगै गौंदी खोला फोहोर र दुर्गन्धित बन्दै गईरहेको र त्यसलाई न्यूनिकरण गर्न नगरले यो अभियान थालनी गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिनुभयो । नागरिकको चेतना स्तर वृद्वि गर्दै फोहोर व्यवस्थापनमा स्थानिय सरकार, सरोकारवाला र नागरिकको सहभागिता बढाउन बृहत सरसफाईको कार्य अगाडी बढाईएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले बताउनुभयो ।

सरसफाई अभियानमा गलकोट नगरपालिकाका जनप्रतिनिधी, राजनैतिक दल, कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, सरोकारवाला, टोल विकास संस्था र समाजसेवी सँगै नागरिकको उत्साहजनक सहभागिता रहेको थियो । गलकोट नगरपालिका वडा नं ३ र ६ को संगम स्थल गौंदी खोलाको जीपपार्क पुलचोक, गलकोट माध्यमिक विद्यालय परिसर, जामुनडाँडा जाने बाटो परिसर हुँदै गौदी, दरम घाट सम्म सरसफाई गरिएको छ ।

गलकोट नगरपालिकाले पहिले देखि नै हटिया बजारमा कुहिने, नकुहिने र सिसाजन्य फोहोरको वर्गीकरण गरि फोहोर व्यवस्थापन कार्यलाई निरन्तरता दिंदै आएपनि रातको समयमा खोलामा लगेर फोहोर फाल्ने क्रम बढेको सरोकारवालाले बताएका छन । गौंदी खोलामा प्लाष्टिक जन्य वस्तु, सिसा सँगै अन्य फोहोर फाल्ने प्रवृत्ति बढे पछि अहिले खोला क्रुप समेत बन्दै गईरहेको छ । सरसफाई अभियानलाई निरन्तरता दिईने गलकोट नगरपालिकाले जनाएको छ । नगरले गौंदीखोला सँगै अन्य खोला छेउछाउमा फोहोर नफाल्न र फोहोर नगर्न नगरबासीलाई अपिल समेत गरेको छ ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन