शुभम सहकारी द्धारा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा १९६ को स्वास्थ्य परिक्षण

author

समाचारपाटी

२ years अगाडि

हरि बास्तोला,पोखरा । शुभम बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा पोखरा महानगरपालिका वडा नं. २८ स्याङखुदीमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा १९६ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । ६६ औँ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित शिविरमा युनाइटेड रेफरेन्स ल्यावोरेटरी प्रालि(युआरएल) ,त्रिनेत्र आँखा उपचार केन्द्र र लेकसिटी दन्त क्लिनिकको प्राविधिक टोलीले विरामीको लागि स्वास्थ्य परामर्श, रक्त, आँखा, दाँत र मुख परिक्षण गरिएको थियो ।

शिविरमा स्वास्थ्य परिक्षण गरिएका मध्ये ५० जना विरामीलाई थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको सहकारी संस्थाका सचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । सिफारिस गरिएका विरामीलाई सामान्य शल्यकृया गर्नुपर्नेका लागि
सम्पूर्ण खर्च संस्थाले व्यहोर्ने बताउदै परिक्षण गरिएको कार्डको आधारमा रक्त परिक्षणमा ५० प्रतिशत खर्च सहकारीले व्यहोर्ने बताउनुभयो ।

कार्यक्रम संयोजक सितादेवी बरालका अनुसार वेगनासतालको जलाधार क्षेत्र स्याङखुदीमा आयोजित शिविरमा पोखरा २८ र ३१ का स्थानीयवासिन्दाले सुविधा लिएका थिए । शिविरमा ६२ हजार मुल्य बरावरको औषधि नि:शुल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले शिविरको उद्घाटन गर्दै सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव स्वास्थ्यतर्फ पुर्याएको योगदानको उच्च कदर गर्दै सहकारी उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो ।सहकारी अभियान्ता तेजनारायण अधिकारीले ऐन, नियम, कार्यविधिको भावना र र्ममलाई आत्मसाथ गरेर अघि बढ्ने सहकारी सफल हुने विश्वास व्यक्त गर्दै दिगोपनका लागि शेयर सदस्य सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष राजन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोला, संस्थाका उपाध्यक्ष सूर्यप्रसाद पौडेल,स्थानीय समाजसेवी भोजराज भुर्तेल, व्यवस्थापक कमलप्रसाद कोइराला,सल्लाहकार चुडामणी बराल लगायतले स्वास्थ्य शिविरको महत्व माथि चर्चा गदै सहकारीको दिगोपनका लागि संचालक, व्यवस्थापक शेयर सदस्य सचेत हुनुपर्नेआवश्यकता औल्याउनुभयो ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’